IME Life New

भेटायोको वार्षिक मर्मत सम्झौता प्याकेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै अग्रणी अन-डिमान्ड प्रोफेशनल सर्विस प्लेटफर्म भेटायोले वार्षिक मर्मत सम्झौता (Annual Maintenance Contract – AMC) प्याकेजहरू प्रदान गरेको छ ।

सिटिभिटीबाट मान्यता प्राप्त दक्ष प्राविधिकहरूबाट ग्राहकलाई सेवा दिईदै आएको यस प्याकेजमा विशेषगरी ठुला व्यवसायिक ग्राहकहरू लक्षित रहेको छ।

Esewa
Crest

एपमार्फत नै ग्राहकलाई आवश्यक सेवाहरू बुकिङ गर्न सकिने यस भेटायो एपमा प्लम्बिङ, इलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, लन्ड्री, लगायत १५ भन्दा बढि सेवाहरू उपलब्ध रहेको छ। भेटायो ग्राहकहरुको लागि सबै आवश्यक सेवाहरू एकै ठाउँमा पाउन सकिने दरिलो माध्यम हो।

एएमसी (वार्षिक मर्मत सम्झौता) प्याकेज भेटायोले ग्राहकलाई एक वर्षसम्म नियमित रूपमा मर्मत, जाँच, र आवश्यक सेवा उपलब्ध गराउने सेवा सम्झौता हो । यो प्याकेजअन्तर्गत ग्राहकले चाहेको कुनै पनि सेवाहरू निश्चित शुल्क लिई सेवा प्रदान गरिन्छ ।

एएमसी प्याकेजहरू १५ सय रुपैयाँबाट सुरु हुन्छ । जसमा इलेक्ट्रिक, प्लम्बिङ, एसी रिपेयर प्याकेज मासिक १५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । यो प्याकेज विशेषगरी शिक्षा, स्वास्थ, वित्तीय क्षेत्र, सरकारी कार्यलय, होटेल तथा रेष्टुरेन्ट, कर्पोरेट लगायत अन्य व्यवसायिक भवनहरुको लागि तयार पारिएको प्याकेज हो ।

यसमा ग्राहकले सम्झौता अनुरुप मर्मत र नियमित जाँच सेवा प्राप्त गर्नेछ । यो प्याकेज लिएपश्चात सम्झौता अनुरुप सम्बन्धित ग्राहकको सर्भिस सम्बन्धि सम्पूर्ण कामको जिम्मेवारी भेटायोले नै लिनेछ ।

भेटायोका विशेषताहरू

रुटिन चेकअप, १ घण्टाभित्र सेवा प्रदान, निःशुल्क परामर्श ,निःशुल्क सेवा निरीक्षण, ३० दिनको सर्विस वारेन्टी,अफ आवर सेवा, गुणस्तरीय समानको प्रयोग , जब कार्ड, त्रैमासिक रिपोर्ट, सिटिभिटीबाट मान्यता प्राप्त टेक्निसियन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS