IME Life New

बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध परेको रिट आज पनि हेर्न नभ्याइनेमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध परेको रिट आज वैशाख २४ गते पनि हेर्न नभ्याइनेमा राखिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा आज ओझाविरुद्ध परेको रिटमा सुनुवाइ राखिएको थियो। तर, आज पनि रिट हेर्न नभ्याइनेमा राखिएको हो।

Esewa
Crest

यसअघि गत वैशाख ८ गते, वैशाख १० गते र वैशाख १६ गते पनि यो रिटलाई हेर्न नभ्याइनेमा तथा चैत ३१ गते हेर्न नमिल्नेमा राखिएको थियो।

गत चैत २० गते सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अध्यक्ष ओझाविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। सुवेदीको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै दुवै पक्षलाई छलफलमा डाकेको थियो।

बीमा प्राधिकरणको अध्यक्ष बन्न नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको भन्दै ओझाविरुद्ध नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्तासमेत रहेकी अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते रिट दायर गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS