काठमाडौं । आज शेयर बजारमा भारी अंकले बृद्धि भएको छ । हिजो १ अंकले बढेको शेयर बजार आज भने उच्च अंकले बढेको हो । आज नेप्से परिसूचक ६२ दशलमव २५ अंकले बढेर २,६७३ को विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोको शेयर किनबेच भएको छ । आज यस कम्पनीको ५९ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४३ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुटवल पावर कम्पनी र ओम मेगाश्रीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशवलमव ४३ प्रतिशतका दरले गुमाएका हुन् ।

















