IME Life New

अब कम्पनी दर्ता गर्ने बेलामै वास्तविक शेयरधनीको विवरण घोषणा गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयले अब कम्पनी दर्ता गर्दा गर्ने बेला नै सबै वास्तविक शेयरधनीको विवरण घोषणा गर्न निर्देशन जारी गरेको छ।

कम्पनीले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। कार्यालयमा सञ्चालनमा रहेको कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (सीएएमआईएस)मा अब उप्रान्त कम्पनी दर्ता गर्दाका बखत सबै शेयरधनीको वास्तविक धनीसम्बन्धी विवरण अनिवार्य रुपमा घोषणा गर्नुपर्ने उल्लेख छ। शेयरको हक हस्तान्तरण हुँदाका बखत शेयर खरिद गर्ने व्यक्तिको शेयरमा अन्य कुनै व्यक्तिको हक लाग्ने बेनेफिसरी स्वामित्व भएको वा नभएको स्वघोषणा पनि गर्नुपर्ने कार्यालयले स्पष्ट पारेको छ।

Esewa
Crest

यसैगरी बेनेफिसरी स्वामित्व भएको भए त्यस्तो प्राकृतिक व्यक्ति वा कानुनी व्यक्तिको विवरण अनिवार्य रुपमा पेस गर्नुका साथै प्रत्येक वर्ष बुझाउनुपर्ने वार्षिक विवरणसँगै वास्तविक धनीसम्बन्धी विवरणसमेत अनिवार्य पेस गर्नुपर्ने कार्यालयले जनाएको छ।

यसैगरी कार्यालयमा दर्ता भएका कम्पनीका शेयरधनीहरुको शेयर रहेको हकको अभिलेख गर्ने प्रयोजनका लागि कुनै शेयरधनीको शेयरमा अरु कुनै व्यक्तिको पूर्ण वा आंशिक हक (बेनेफिसरी) भएमा त्यस्तो व्यक्तिको पहिचान र निजको हकको प्रकृतिका बारेमा वास्तविक धनीको विवरण अविलम्ब संकलन गर्न सबै कम्पनीलाई कार्यालयले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS