IME Life New

ईसेवा मनि ट्रान्सफरको मेरो डिजिटल देश अभियान अन्तर्गतकी विजेता अन्जुलाई घर हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । “मेरोडिजिटलदेश” अभियान अन्तर्गत,ईसेवा मनिट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ। उक्त कार्यक्रम कम्पनीका ब्राण्ड एक्बेसेडर तथा कम्पनी व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो।

ईसेवा मनि ट्रान्सफरले नोभेम्बर २८,२०२४ मा कान्तिपुर टेलिभिजन, ईसेवा मनिट्रान्सफर र इसेवाका आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारित डिजिटल गोला प्रथाको माध्यमबाट मेरो डिजिटल देशअभियानको विजेता घोषणा गरेको थियो। जसअन्तर्गत,रोमानियामा विगत दुई वर्षदेखि पिज्जा बनाउने कम्पनीमा कार्यरत अन्जुला घिमिरे भाग्यशाली विजेता बन्न सफल भएकी हुन्।

Esewa
Crest

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विजेता अन्जुला घिमिरे र उनको परिवारलाई सपनाको घर जितेको अवसरमा बधाई दिँदै, विश्वभर रहेका नेपालीहरूको उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गरे।साथै, उनले मेरो डिजिटल देश अभियानको सफलतासँगै डिजिटल रेमिट्यान्स मार्फत सुरक्षित, सहज र पारदर्शी लेनदेनको महत्त्वलाई पुनः जोड दिँदै आफ्नो खुशी व्यक्त गरे।

ईसेवा मनिट्रान्सफरले बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। डिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्दै आएको कम्पनीले उक्त अभियान अन्तर्गत,विश्वभर रहेका नेपालीहरूले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाउँदा एक भाग्यशाली विजेतालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर प्रदान गर्ने घोषणा गरेको थियो।

१ असोज २०८० देखि ३० कार्तिक २०८१ सम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए।साथै, ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत सेवाग्राहीको घरसम्म पुगेर आकर्षक उपहारहरू समेत प्रदान गरिएको थियो।

बम्पर पुरस्कार विजेता अन्जुला घिमिरेले विजेता घोषित भएकोमा अत्यन्तै खुशी र कृतज्ञता व्यक्त गरिन।

ईसेवा मनिट्रान्सफरले परम्परागत शैली र डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरू मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेकोछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS