IME Life New

नेपालको वायु सेवा व्यापार सन् २०२५ मा १४ करोड अमेरिकी डलर नाघ्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालले सन् २०२५ सम्ममा हवाई उडान सेवाको कारोबार १४ करोड ९ लाख अमेरिकी डलर(२० अर्ब १९ करोड २५ लाख) नाघ्ने अनुमान गरिएको छ। वैश्विक अनुसन्धान संस्था स्टाटिस्टाले प्रकाशन गरेको नेपालको वायु सेवा क्षेत्रसम्बन्धी अध्ययन प्रतिवेदनमा नेपालको वायु सेवा क्षेत्रले आगामी ५ वर्ष वार्षिक औसत ७.२५ प्रतिशतका दरले वृद्धि दर हासिल गर्ने अनुमान गरिएको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०२५ देखि २०२९ सम्ममा नेपालको वायु सेवा बजार वार्षिक ७.२५ प्रतिशतको दरले बढ्ने अनुमान गरिएको छ। यो वृद्धि दरको आधारमा सन् २०२९ सम्ममा वायु सेवा क्षेत्रको कारोबारको आकार बढेर १८ करोड ६५ लाख अमेरिकी डलर बराबर पुग्ने प्रक्षेपण गरिएको छ।

Esewa
Crest

प्रतिवेदनको सारांश टिप्पणीमा उल्लेख भएअनुसार सन् २०२९ सम्ममा उडान बजारमा प्रयोगकर्ताको संख्या २८ लाख पुग्ने प्रक्षेपण गरिएको छ।

यात्रु प्रयोगकर्ताको प्रवेश दर २०२५ को ७.१ प्रतिशत बाट बढेर २०२९ सम्ममा ९.२ प्रतिशत हुने अनुमान गरिएको छ। प्रतिप्रयोगकर्ता औसत राजस्व ६६.८२ अमेरिकी डलर बराबर हुने अपेक्षा गरिएको छ। सन् २०२९ सम्ममा उडान बजारमा कुल राजस्वको ७१ प्रतिशत अनलाइन बिक्रीबाट प्राप्त हुनेछ।

अन्य देशको तुलनामा संयुक्त राज्य अमेरिकाले सन् २०२५ मा उडान बजारमा सबैभन्दा धेरै १४६ अर्ब अमेरिकी डलर राजस्व उत्पन्न गर्ने अपेक्षा गरिएको छ।

पूर्वाधारमा चुनौतीहरुका बाबजुद पनि नेपालको पर्यटनमा वृद्धिले देशमा आउने र आउने उडानको माग बढाएको छ।

नागरिक उड्ययन प्राधिकरणले प्रकाशन गरेको सन् २०२४ को वायु सेवा सम्बन्धित तथ्यांकअनुसार कुल ४४ लाख ६० हजार यात्रुले आन्तरिक उडानतर्फ सेवा लिएका छन्। सन् २०२४ को पहिलो ११ महिनाको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानसमेत गरी कुल १ करोड ६२ लाख यात्रुले हवाई सेवा लिएका छन्।

वायु सेवा कम्पनीले प्रत्यक्ष बिक्री वा अप्रत्यक्ष (अनलाइन डिजिटल प्लेटफर्म) मार्फत टिकट बिक्री गरिरहेका छन् । संस्थागत ग्राहकभन्दा व्यक्तिगत ग्राहकबाट प्राप्त हुने आम्दानीको हिस्सा उच्च छ।

नेपालको कुल गाहस्र्थ उत्पादनमा वायु सेवा क्षेत्रले योगदान ४ प्रतिशत हाराहारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS