काठमाडौं । नेप्से परिसूचक मंगलबार २६११.४३ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १.०३ अंकले बढेको छ।
शेयर बजारमा ८ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ९७ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ४६ करोड ६ लाख रुपैयाँको खरिद भएको छ भने ५१ करोड ७३ लाख रुपैयाँको बिक्री भएको छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ बाट ४० करोड ३२ लाख रुपैयाँको खरिद र ४० करोड १८ लाख रुपैयाँको बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।


















