काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशलमव ०३ अंकले बढेर २,६११ को विन्दुमा कायम भएको छ । आज १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९२ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३८ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशत र ओम मेगा श्रीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । रिडी पावरका लगानीकर्ताले ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

















