IME Life New

हकप्रद शेयर जारी गर्न तेह्रथुम पावरले तय गर्यो बुक क्लोजको मिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तेह्रथुम पावरले हकप्रद शेयर जारी गर्न बुक क्लोजको मिति तय गरेको छ।

कम्पनीले आउँदो जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ जेठ जेठ ४ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।

Esewa
Crest

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। योसँगै अब कम्पनीले कुल ४० करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता साधारण शेयर जारी गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ। यो कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS