IME Life New

एटीएम कार्डसम्बन्धी सूचना तथा सहायतामा कस्तो छ व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई सहज रुपमा कारोबार गर्न एटीएम कार्डको व्यवस्था गरेका हुन्छन्। यो व्यवस्थासँग तत्काल पैसा आवश्यक परेको बेलामा बैंकमा गएर चेक सहटी गर्नुपर्ने झन्झटिलो प्रक्रिया पनि अन्त्य भएको छ।

एटीएम कार्डसम्बन्धी सूचना तथा सहायतामा नेपाल राष्ट्र बैंकले विभिन्न प्रावधान गरेको छ। बैंक तथा संस्थाहरुले आफ्ना ग्राहकलाई एटीएमको कारोबारसम्बन्धी तत्काल सहायता आवश्यक परेमा, आफ्ना एटीएम रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम, सम्पर्क नम्बर तथा संस्थााको नाम, ठेगाना र टेलिफोन नम्बर नेपाली तथा अंग्रेजी दुवै भाषामा स्पष्ट रुपमा राख्नुपर्ने व्यवस्था रहेको छ।

Esewa
Crest

केन्द्रीय बैंकले वित्तीय जानकारीका लागि एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। बैंक तथा वित्तीय संस्थाले आफ्ना एटीएममा केही प्राविधिक समस्या आई सञ्चालन हुन नसकेमा सोको जानकारी तुरुन्तै सम्बन्धित एटीएम सञ्चालन गर्ने संस्थामा तथा आवश्यक परेमा कार्ड जारी गर्ने संस्थामा समेत पुर्याउने व्यवस्था गर्नुपर्ने प्रावधानसमेत रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS