IME Life New

बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी जिम्मेवारीपूर्वक काम गर्न बीमकलाई अध्यक्ष ओझाको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सोमबार वीरगन्जमा बीमकको मधेश प्रदेशका प्रमुखहरूसँग बीमा सम्बन्धि विषयमा छलफल र अन्तर्क्रिया गरेका छन्।

अध्यक्ष पदभार ग्रहण पछि अध्यक्ष ओझा पहिलो पटक मधेश भ्रणममा निष्किएका हुन् । अन्तर्क्रियामा सहभागी बीमकले उनलाइ दर्जनभन्दा बढी समस्याको फेहरिस्त सुनाएका छन् । बीमकको प्रदेश प्रमुखहरूले आफूहरूलाई नाम मात्रको प्रदेश प्रमुख पदको जिम्मेवारी दिइएको र अधिकार प्रत्यायोजन नगरिएको गुनासो गरेका थिए ।

Esewa
Crest

उनीहरूले प्रदेश कार्यालयले प्रदेश भरको सञ्चालन, व्यवस्थापन र बजार प्रवर्द्धनको जिम्मेवारी बोक्नु पर्ने भएपनि पर्याप्त जनशक्ति उपलब्ध नगराइएको बताए ।

निर्जीवन बीमकको प्रदेश प्रमुखले कृषी बीमाको सिफारिश लिन र क्षतिको निरिक्षण गर्न कठिनाई हुने गरेको बताउँदै नगद फिर्ता (क्यास ब्याक) को अावरणमा चलखेलसँगै अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

उनीहरूलाइ मधेश प्रदेश केन्द्रित बीमा सचेतना अभियान सञ्चालन गर्न आग्रह गरे । उनीहरूले बीमा दाबी प्रकृयालाई सरल बनाउनका लागि नीतिगत सुधार गर्न समेत अध्यक्ष ओझालाई सुझाव दिएका थिए।

बीमाको पहुँचका हिसाबले मधेश प्रदेश सातवटै प्रदेशमध्ये पुछारबाट दोस्रो स्थानमा रहेको छ। यसको अवस्था कर्णालीभन्दा राम्रो तर सुदूरपश्चिम प्रदेश भन्दा नाजुक छ।

अन्तर्क्रिया कार्यक्रममा ओझाले बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूलाई निर्देशन दिए । उनले जोखिमाङ्कन सही भएमा दाबी भुक्तानीमा समस्या नआउने उल्लेख गर्दै जोखिमाङ्कन सही रुपमा गर्न र बजारमा कुनै पनि समस्या नआउने गरी बीमा ऐन नियम बमोजिम काम गर्न निर्देशन दिए ।

अध्यक्ष ओझाले प्रदेश तथा स्थानीयस्तरमा बीमा सम्बन्धी कुनै समस्या वा गुनासा भए प्राधिकरणलाई जानकारी दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS