काठमाडौं । नेप्से परिसूचक सोमबार २६१०.४० विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ९.९८ अंकले घटेको छ।
शेयर बजारमा ७ अर्ब ६३ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ९३ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ४६ करोड ३० लाख रुपैयाँको खरिद भएको छ भने ४६ करोड ७५ लाख रुपैयाँको बिक्री भएको छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ३४ करोड ३ लाख रुपैयाँको खरिद र २७ करोड ४२ लाख रुपैयाँको बिक्री भएको छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।


















