IME Life New

गभर्नर नियुक्तिमा एमालेले किन कस्दैछ गाँठो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त रहेको एक महिना पुगेको छ। यस अवधिमा गभर्नर नियुक्ति त परको कुरा गभर्नर सिफारिस समितिको औपचारिक बैठकसम्म बस्न सकेको छैन।

गर्भनर बन्नका लागि राजीनामा दिएरै लागेका कार्यकारी निर्देशकहरुको राजीनामा स्वीकृत हुन सकेको छैन। अहिले कायममुकायम गभर्नरका रुपमा नीलम ढुंगाना तिम्सिना छिन्। उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएका प्रकाशकुमार श्रेष्ठ र गुणाकर भट्टको राजीनामा स्वीकृत गरेकी छैनन्।

Esewa
Crest

बाहिर गभर्नर नबनाउने भएपछि असन्तुष्ट बनेकी तिम्सिनाले राजीनामा स्वीकृत नगरेको जस्तो देखिए पनि भित्री कथा अर्कै छ। एमालेले गर्भनरमा अड्को थाप्नका लागि राजीनामा स्वीकृत नगर्न भनेको जानकारहरु बताउँछन्।

विगतमा प्रधानमन्त्री केपी ओलीले तिम्सिनालाई गभर्नर बनाउने बताउँदै आएका थिए। पहिलो महिला गभर्नर बनाएर आफूलाई थप शक्तिशाली बनाउने ओलीको प्रयासमा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा बाधक बने।

देउवा दम्पतीले गुणाकर भट्टलाई गभर्नर बनाउन ओलीको सामु अड्डी कसे। त्यसपछि ओली पनि भट्टलाई गभर्नर बनाउनका लागि राजी भएको बताइएको थियो।

तर, यतिखेर ओली भट्ट र गभर्नरका अर्का आकांक्षी श्रेष्ठको राजीनामा एमालेले स्वीकृत नगराउन दबाब दिएको देखिन्छ। यससँगै गभर्नर नियुक्ति प्रक्रिया केही लम्बिन सक्ने देखिन्छ।

राष्ट्र बैंक ऐनमा गभर्नर पद रिक्त हुनु १ महिनाअगावै गभर्नर नियुक्ति गर्नुपर्ने प्रावधान छ। तर, सरकारले स्वार्थ नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ गर्दै आइरहेको छ।

राष्ट्र बैंक केन्द्रीय बैंक हो। नोटमा हस्ताक्षर गर्नेदेखि मुलुककै ढुकुटी सम्हाल्नेसम्मका महत्वपूर्ण जिम्मेवारी केन्द्रीय बैंकले पाउँछ। सबै बैंक तथा वित्तीय संस्थाको नियमन गर्नेलगायतका काम राष्ट्र बैंकमा आकर्षक मानिन्छ।

यही आकर्षणलाई शक्तिमा बदल्न अहिले बिचौलिया समूह र सरकारबीच हानाथाप चलिरहेको हो। यसबीचमा गभर्नर सिफारिस समितिमा कांग्रेस हाबी भएकोमा अहिले एमाले हाबी भएको छ।

गभर्नर सिफारिस समितिको सदस्यबाट पूर्वगभर्नर विजयनाथ भट्टराई बाहिरिएर महाप्रसाद अधिकारी पुगेका छन्। अहिले संयोजक विष्णु पौडेल र अधिकारी एमालेका तर्फबाट छन् भने विश्व पौडेल कांग्रेसका तर्फबाट छन्।

अब उनीहरुले तीनजनालाई गभर्नर बन्नका लागि सिफारिस गर्ने र अन्तिममा एकजनालाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति गर्ने प्रक्रिया छ। तर, समितिले गभर्नरको नाम सिफारिस गर्न नै सकेको छैन।

राजनीतिक भागबन्डा र स्वार्थ मिलाउन नसक्दा अहिले राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा रहेको हो। यसलाई सरकारले झनै लम्ब्याउने मनस्थितिमा पुगेको देखिएको जानकार बताउँछन्।

अहिले कांग्रेसका तर्फबाट भट्ट र ज्ञानेन्द्र ढुंगाना तथा एमालेका तर्फबाट तिम्सिना र अन्तिम विकल्पका रुपमा श्रेष्ठलाई गभर्नर बनाउन सकिने भन्दै छलफलहरु भएका छन्। तर, अगाडि नै भट्टलाई सहमति जनाइसकेको एमालेले अहिले सहमति तोड्ने अवस्था नरहला। तर, प्रक्रिया लम्ब्याउने तथा भाँजो हाल्ने काम भने गर्दै आएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

12%
happy

खुसी

6%
sad

दु :खी

29%
amazed

अचम्मित

0%
excited

उत्साहित

53%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS