IME Life New

विदेशी चलचित्रमाथि १००% ट्यारिफ लगाउने डोनाल्ड ट्रम्पको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब विदेशी चलचित्रमा पनि कर लगाउने घोषणा गरेका छन्। उनले विदेशी चलचित्रमा १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका हुन्।

आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा यो घोषणा गर्दै ट्रम्पले लेखेका छन्, ‘अमेरिकाको फिल्म उद्योग तीव्रताका साथ खतम हुँदैछ। अन्य देशले हाम्रा फिल्म निर्माता र स्टुडियोलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन्।’

Esewa
Crest

ट्रम्पले यो अन्य देशहरुद्वारा संगठित प्रयास हो र त्यसैले यो ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ रहेको बताएका छन्। ट्रम्पले विदेशी चलचित्रमा १०० प्रतिशत कर लगाउने प्रक्रिया सुरु गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिइरहेको बताए। ‘हामी फेरि अमेरिकामा बनेका चलचित्र चाहन्छौँ’, उनले लेखेका छन्।

जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै ट्रम्पले विश्वभरका देशमा ट्यारिफ लगाएका छन्। उनले भने, ‘यी ट्यारिफले अमेरिकी उत्पादकहरुलाई प्रोत्साहन दिनेछ र रोजगारी बचत गर्नेछ।’

यद्यपि ट्रम्पको ट्यारिफ निर्णयले विश्व अर्थतन्त्रमा उथलपुथल निम्त्याएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS