IME Life New

२५ लाख कित्ता हकप्रद शेयर बिक्री गर्दै आदर मल्टी इन्भेस्टमेन्ट कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आउँदो जेठ ९ गतेदेखि ५ः१ अर्थात २० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

कम्पनीका शेयरधनीहरुले आउँदो असार १२ गतेसम्म हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। यो हकप्रद शेयर कम्पनीको छैटौँ वार्षिक साधारणसभाबाट आफ्ना संस्थापक शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो।

इच्छुक संस्थापक शेयरधनीहरुले हकप्रद शेयर खरिदका लागि कम्पनीको काठमाडौंको नयाँसडकस्थित सानिमा बैंकमा रहेको खाता नं. ००३०१००१००००८५५ मा रकम जम्मा गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS