काठमाडौं । शेयर बजार आइतबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ को विन्दुमा बन्द भएको हो।
यो दिन नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६२ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.३० प्रतिशतले घटेको छ।
बजारमा आज करिब सवा ९ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- सानिमा माई हाइड्रोपावरः ६० करोड ४८ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ५५ करोड १४ लाख रुपैयाँ
- राधी विद्युतः ५१ करोड ४६ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ५० करोड ५६ लाख रुपैयाँ
- अपी पावरः ३९ करोड ४५ लाख रुपैयाँ
- एचआईडीसीएलपीः २७ करोड १ लाख रुपैयाँ
- सिनर्जी पावरः २६ करोड ८६ लाख रुपैयाँ
- हिमालयन पावर पार्टनरः २५ करोड ६५ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः २४ करोड ८६ लाख रुपैयाँ
- एचआईडीसीएलः २३ करोड ३८ लाख रुपैयाँ

















