IME Life New

ग्रेग एबेल को हुन् ? जसले सम्हाल्दैछन् वारेन बफेटको अर्बौंको साम्राज्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रसिद्ध लगानीकर्ता तथा विश्वका पाँचौँ धनीव्यक्ति बर्कशायर हाथवेका अध्यक्ष तथा सीईओ वारेन बफेटले ९४ वर्षको उमेरमा अवकाशको घोषणा गरेका छन्। अब सन् २०२५ को अन्त्यमा ग्रेग एबेलले उनको स्थान लिनेछन्। बफेटले शनिबार कम्पनीको वार्षिक बैठकमा आफ्नो अवकाशको घोषणा गरेका थिए।

बर्कशायर ह्याथवेको व्यवसायको कुरा गर्दा यो एक कपडा कम्पनीबाट सुरु भएको थियो। जुन प्रारम्भिक चरणमा असफल साबित भयो। तर, वारेन बफेटले यसलाई १.६ ट्रिलियन डलरको समूहमा परिणत गरे। आज कम्पनीको व्यवसाय रेलवे लाइन, बीमा, कपडा, निर्माण, ऊर्जा र आइसक्रिम उत्पादन गर्ने कम्पनीसम्म फैलिएको छ। बफेटले अचानक कम्पनीको सीईओ पद छोड्ने योजना बनाए। वार्षिक बैठकमा आफ्नो अवकाशको घोषणा गरे। यो घोषणाले ४० हजार शेयरधारकलाई आश्चर्यचकित बनायो।

Esewa
Crest

बैठकमा ग्रेगको उच्च प्रशंसा गरे। उनले भने, ‘अब ग्रेग आउने समय आएको छ। म ग्रेगले जस्तो कडा परिश्रम गर्न चाहन्न, ग्रेगको कम्पनीले उनीहरुसँग राम्रो काम गरिरहेको छ।’

बफेटले प्रायः आफ्नो उमेर र मृत्युका बारेमा संकेत दिइरहेका छन्। अब अवकाशको घोषणासँगै उनले यो पनि स्पष्ट पारेका छन् कि उनी कम्पनीमा रहेको आफ्नो एउटा पनि शेयर बेच्ने छैनन्। बरु ती शेयर उनको मृत्यु पछि दान गरिनेछ।

६२ वर्षीय ग्रेग मूल रुपमा क्यानेडियन हुन्। उनको करिअरको सुरुआत निकै रोचक रहेको छ। सन् १९६२ जुन १ मा अल्बर्टाको एडमन्टनमा जन्मेका ग्रेगरी एडवर्ड एबेल उर्फ ग्रेग एबेल एक श्रमिक वर्गको परिवारमा हुर्केका थिए। होराटियो अल्जर एसोसिएसन अफ डिस्टिंग्विस्ड अमेरिकन्सका अनुसार उनले आफ्नो सुरुआती वर्षहरु फालिएका बोतल सफा गर्ने र आगो निभाउने उपकरण रिफिल गर्नेजस्ता अनौठा काममा बिताए। ‘मेरो एउटा श्रमिक वर्गको परिवार थियो, जसको कहिलेकाहीँ मानिससँग जागिर हुन्थ्यो र कहिलेकाहीँ हुँदैन थियो’, उनले एउटा एसोसिएसन भिडियोमा भनेका थिए, ‘हामी सबैले हाम्रो परिवारलाई अगाडि बढाउन कडा परिश्रम गर्यौं।’

बर्कशायर ह्याथवेको कमान्ड सम्हाल्न लागेका ग्रेगले आफ्नो सुरुआती दिनमा साइकल चलाउँदै घर–घरमा विज्ञापन पर्चा बाँड्ने गर्थे। हाई स्कुल पूरा गरेपछि उनले आफ्नो बुवाको आगो निभाउने उपकरण भर्ने कम्पनीमा काम गर्न थाले। उनले सन् १९८४ मा अल्बर्टा विश्वविद्यालयबाट स्नातक गरे र त्यसपछि क्यालइनर्जी नामक ऊर्जा कम्पनीमा सामेल भए। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। सन् १९९२ मा उनी वारेन बफेटको बर्कशायर ह्याथवेमा सामेल भए। उनी सन् २००८ मा बर्कशायरले अधिग्रहण गरेको मिडअमेरिकन इनर्जीको सीईओ बने। जुन बर्कशायर ह्याथवे इनर्जी (बीएचई)का रुपमा चिनिन थाल्यो। यसपछि उनलाई सन् २०१८ मा बर्कशायरको उपाध्यक्ष बनाइयो र सन् २०२१ बाट नै वारेन बफेटको उत्तराधिकारीका रुपमा मनोनित गरियो।

आफ्नो कामका आधारमा ग्रेगले चाँडै नै वारेन बफेटको विश्वास जित्न सफल भए। उनले ठूला सम्झौता पहिचान गर्ने र ठूला जोखिमबाट बच्ने आफ्नो क्षमता प्रदर्शन गरे। वारेन बफेटले एक पटक उनका बारेमा भनेका थिए, ‘यस संसारमा धेरै बुद्धिमान मानिस छन् तर तिनीहरुमध्ये केहीले धेरै मूर्ख काम गर्छन्। तर, ग्रेग एक बुद्धिमान मानिस हुन्, जसले कहिल्यै कुनै मूर्ख काम गर्दैनन्।’

रिपोर्टका अनुसार ग्रेगसँग काम गर्ने मानिसहरु प्रायः भन्छन् कि ग्रेगमा वारेन बफेटको झलक देखिन्छ। ग्रेगको नियुक्तिलाई लगानीकर्ता र उद्योग विज्ञहरुले सकारात्मक रुपमा हेरिरहेका छन्।

ग्रेगलाई रेलवे र खुद्रा व्यवसायको गहिरो बुझाइ छ। उनले बर्कशायरका धेरै ठूला सम्झौतामा महत्वपूर्ण भूमिका खेलेका छन्। रिपोर्टका अनुसार आयोवाको डेस मोइन्समा बस्ने ग्रेगको कुलसम्पत्ति लगभग १ अर्ब डलर छ। उनी हक्कीका पारखीका रुपमा परिचित छन्। उनी आफ्नो छोराको हक्की टोलीका प्रशिक्षक पनि हुन्।

यद्यपि, अर्बपति लगानीकर्ता तथा बर्कशायरका अध्यक्ष वारेन बफेटले ग्रेगको अवकाशको घोषणासँगै उनको नियुक्तिको घोषणा गरे पनि, सञ्चालक समितिको आधिकारिक स्वीकृति अझै पर्खिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS