IME Life New

निर्जीवन बीमकको ७% ले बढ्यो व्यापार, कसको व्यवसाय कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना चैतसम्म निर्जीवन बीमकहरुले ३२ अर्ब १२ करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चैतसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले २१ लाख ३५ हजार २३३ वटा बीमालेख जारी गरेर ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले २१ लाख ९३ हजार ५४७ वटा बीमालेख जारी गर्दै २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार ७.११ प्रतिशतले बढेको छ।

Esewa
Crest

चैतसम्म ११ वटा बीमकको व्यापार बढेको छ भने ३ वटा बीमकको घटेको छ। यो अवधिसम्म शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले ओरिएन्टल इन्स्योरेन्स अगाडि रहेको छ।

चालु आर्थिक वर्षको चैतसम्म शिखर इन्स्योरेन्सले ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार २.८५ प्रतिशतले बढेको छ।

दोस्रो धेरै व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले चालु आर्थिक वर्षको चैतसम्म ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधसिम्म कम्पनीले ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ५.८४ प्रतिशतले बढेको छ।

सिद्धार्थ प्रिमियर तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब १० करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ४९ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ७.४५ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको चैतसम्म हिमालयन एभरेस्ट इन्स्योरेन्सले २ अर्ब ७८१ करोड ५५ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड ४६ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले २ अर्ब १३ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा समीक्षा अवधिमा हिमालयन एभरेष्टको ९.२८ प्रतिशत, आईजीआई प्रुडेन्सियलको ३.५९ प्रतिशत, नेकोको ३.२५ प्रतिशत, ओरिएन्टलको ४१.९१ प्रतिशत र एनएलजीको १६.४१ प्रतिशतले व्यापार बढेको छ।

चालु आर्थिक वर्षको चैतसम्म सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ९२ करोड १९ लाख रुपैयाँ, युनाइटेड अजोडले १ अर्ब ८५ करोड ४९ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा समीक्षा अवधिमा युनाइटेड अजोडको व्यापार ६.२४ प्रतिशतले घट्दा सानिमा जीआईसीको ७.८४ प्रतिशत र नेपाल इन्स्योरेन्सको ३६.०९ प्रतिशतले बढेको छ।

उता समीक्षा अवधिसम्म प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड ९४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १३ करोड २६ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सको व्यापार १.३१ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको १३.३१ प्रतिशतले घट्दा नेसनल इन्स्योरेन्सको ०.६२ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS