IME Life New

बीमाको साढे ८१ लाख हडप्न अपांगता भएका व्यक्तिको हत्या, नौ महिनापछि घटनाको पर्दाफास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको उत्तर प्रदेशको सम्भल प्रहरीले हत्यालाई दुर्घटना जस्तो देखाउने घटनामा ९ महिनापछि चकित पार्ने खुलासा गरेको छ। भारु ५१ लाख (नेरु ८१ लाख ६० हजार)को बीमा रकम हडप्ने उद्देश्यले यो हत्या योजनाबद्ध तरिकाले गरिएको खुलेको हो।

सुरुआतमा अपांगता भएका व्यक्तिको मृत्युपछि दुर्घटनाका लागि एफआईआर दर्ता गरियो। तर, पछि प्रहरीले फाइल बन्द गर्यो। मृतक युवकका ५ वटा बीमा पोलिसीको दाबीका लागि बीमा कम्पनीमा पुगेपछि सम्पूर्ण घटना शंकास्पद बनेको थियो।

Esewa
Crest

पुनः अनुसन्धान सुरु भएपछि यो सडक दुर्घटना नभई योजनाबद्ध हत्या भएको पत्ता लाग्यो। अब घटनाको ९ महिनापछि प्रहरी अनुसन्धानका क्रममा यो कुरा खुलासा भयो र प्रहरीले पोलिसी एड्भाइजरसहित ४ जना अभियुक्तलाई पक्राउ गरी जेल पठाएको छ। यो गिरोहले नक्कली बीमा पोलिसी बनाएर करोडौं रुपैयाँ ठगी गर्ने गरेको पनि खुलेको छ।

सन् २०२४ अगस्ट १ मा चन्दौसी कोतवालीमा सडक दुर्घटनामा एफआईआर दर्ता गरिएको थियो। यो मुद्दा बदायुन जिल्लाको बिसौली प्रहरीचौकी क्षेत्रको ढिलवारी गाउँका निवासी राजेन्द्रले दायर गरेका थिए। एफआईआरअनुसार राजेन्द्रका भाइ दरियाब जाटव जुलाई ३१, २०२४ मा चन्दौसी बजार जाँदैछु भन्दै घरबाट निस्केका थिए। तर, उनको शव राति १० बजे सैनिक चौराहाबाट आटा जाने बाटोमा करिब १५० मिटर टाढा फेला परेको थियो। त्यतिबेला उनको मृत्यु अज्ञात सवारीसाधनको ठक्करबाट भएको खुलासा भएको थियो।

पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण टाउकोमा चोट र शरीरभरि घर्षणको निसान उल्लेख गरिएको छ। प्रहरीले अज्ञात सवारीसाधनको खोजी गर्यो तर पत्ता लगाउन सकेन। यसपछि प्रहरीले फाइल बन्द गर्यो। मृतक दरियाब अपांगता भएका व्क्ति थिए र कुनै काम गर्दैनथे। उनले ५ वटा पोलिसीको किस्ता कसरी तिरेका थिए ? यी त्यस्ता प्रश्न थिए, जसले प्रहरीलाई अचम्मित बनाइरहेको थियो। यहीँनेर प्रहरीलाई शंका लाग्यो।

प्रहरीले थाहा पायो कि एक्सिस बैंकका एड्भाइजरको षड्यन्त्रमा त्यस्तो व्यक्ति अर्थात् मृतक दरियाबको बीमा पोलिसी बनाइएको थियो, जो एक अपांगता भएका व्यक्ति थिए। यसपछि योजनाअनुसार हत्या एक पेसेवर अपराधीद्वारा गरिएको थियो र यसलाई दुर्घटना जस्तो बनाइएको थियो। त्यसपछि गिरोहका सदस्यले मृतक दरियाबका भाइ राजेन्द्रलाई विश्वासमा लिए र दुर्घटनाको सम्बन्धमा एफआईआर दर्ता गरे।

सबै कागजात लिएपछि एक्सिस बैंकमा खाता खोलियो। तर पासबुक, चेकबुक र एटीएम कार्ड आफूसँगै राखे। यो गिरोहका बारेमा सोझो राजेन्द्रलाई थाहा नभएको बेला राजेन्द्रको खाताबाट दाबीको पैसा मागियो र झिकियो। तर, प्रहरी अनुसन्धानका क्रममा सबै कुरा खुल्यो र अब नक्कली बीमा पोलिसी बनाएर मानिसलाई ठगी गर्ने दुष्ट गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गर्यो।

सम्भलका एसपी कृष्ण कुमार विष्णोईले सम्पूर्ण मामिलाको खुलासा गर्दै एएसपी अनुकृति शर्माद्वारा बीमा माफियाविरुद्ध कारबाही भइरहेको बताए। सोही क्रममा उनले अहिलेसम्मकै सबैभन्दा ठूलो खुलासा गरेका छन्। प्रहरीले ३० अप्रिल २०२५ मा सम्पूर्ण मुद्दाको प्रतिवेदन अदालतमा पठायो, त्यसपछि उक्त दुर्घटना मुद्दा पुनः खोलियो।

त्यसपछि हत्याको आरोप बढाएर अनुसन्धानका क्रममा पेशेवर अपराधी र हत्याका मुख्य अभियुक्त प्रताप र घटनाको योजना बनाउने एक्सिस बैंकका पोलिसी सल्लाहकार पंकज राघवका साथै दाजुभाइ हरिओम र विनोदलाई हिरासतमा लिएर सोधपुछ गरियो।

त्यसपछि अभियुक्तहरुले आफ्नो अपराध स्वीकार गर्दै भने कि हरिओम र विनोद चन्दौसीको एक्सिस बैंकमा ऋण लिन आएका थिए। जहाँ उनले बैंकका पोलिसी एड्भाइजर पंकज राघवसँग कुरा गरे। जब तीनजनाबीचको कुराकानी अगाडि बढ्यो र उनीहरुले ऋण पाउन सकेनन्। अनि पंकज राघवले बीमा रकम हडप्ने योजना बनाए र त्यसपछि योजनाबद्ध तरिकाले यो अपराधलाई मूर्त रुप दिइयो।

अहिले ९ महिनापछि दुर्घटनामा बन्द भएको फाइल पुनः खोलेर एएसपी अनुकृति शर्माले यो हत्याको ठूलो खुलासा गरेकी छिन्। यस क्रममा यस्ता अरु कतिवटा घटना छन् र यो गिरोहमा अरु को–को संलग्न छन्? यस सम्बन्धमा पनि अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS