IME Life New

मेडिकल कलेज मालिक सामू निरिह सरकार, चिकित्सकको आन्दोलन ज्यूँका त्यूँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकार र निजी क्षेत्रको मेडिकल कलेज सञ्चालकहरूबीचको सहमति कार्यान्वयनमा मेडिकल कलेजका साहूले आनाकानी गरेपछि आवासीय चिकित्सक ठगिएको महशुस गरेका छन् ।

आवासीय चिकित्सकलाइ न्यूनत्तम मासिक तलब सुनिश्चित गर्न सरकारले निर्देशन दिएपनि निजी क्षेत्रको शिक्षण अस्पताल सञ्चालकहरूले मानेका छैनन् । उनीहरूले विद्यार्थी भर्नाको सिट संख्या वृद्धि नहुँदासम्म भत्तावापतको भुक्तानी गर्न नसिकेन भन्दै शर्त राखेका छन् ।

Esewa
Crest

सरकारले आठौं तह बराबरको निर्वाह भत्ता उपलब्ध गराउन मेडिकल कलेज सञ्चालकलाइ निर्देशन दिएपनि तलब निर्धारणका लागि आठौं तहसँग समान हुने गरी तलब निर्धारण गर्ने भन्ने विषय समावेश गरेको छैन ।

निर्वाह भत्ता बढाउनुपर्ने मागबारे शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा चिकित्सा शिक्षा आयोगसँग पटक–पटक वार्ता गर्दा पनि निष्कर्ष निस्कन सकेको छैन । माग पुरा नभएपिछ आवासीय चिकित्सकहरु आन्दोलन चर्काउने तयारीमा छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयमा मन्त्रीसहित आन्दोलनरत चिकित्सकबीच वार्ता भए पनि सहमति हुन सकेन ।

आवासीय चिकित्सकले पूर्णकालीन चिकित्सकसरह उपचारमा खटिने गरे पनि कलेजहरुले श्रम शोषण गरिरहेको उनीहरुको आरोप छ । निजी मेडिकल कलेजको शर्तअनुसार एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क वृद्धि गर्न लागिएको भन्दै विद्यार्थीहरु आक्रोशित छन् ।

आवासीय चिकित्सकको निर्वाह भत्ता बढाउने निर्णय चिकित्सा शिक्षा आयोगको सिफारिश समितिले गत फागुनमा गरेको थियो । यसैसाता आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा अोलीको अध्यक्षतामा बसेको आयोगको बैठकले निर्णय कार्यान्वयन गर्न मेडिकल कलेजलाई निर्देशन दिएको थियो । शुक्रबार पनि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले निर्णय कार्यान्वयन नगर्ने निजी मेडिकल कलेजको सम्बन्धन खारेजसम्मको चेतावनी दिन बाध्य भए ।

निजी मेडिकल कलेज सञ्चालकहरुले सरकारले भनेजस्तो आवासीय चिकित्सकलाई आठौं तह बराबरको निर्वाह भत्ता दिन तयार रहे पनि त्यसको बदलामा एमबिबिएस र बिडिएसको सिट संख्या १ सय ५० पुर्‍याउनुपर्ने र शुल्क वृद्धि गर्नुपर्ने सर्त अघि सारेका छन् ।

एमबिबिएस र बिडिएससहित स्नातकोत्तर तह पढाउने १८ वटा निजी मेडिकल कलेज सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS