IME Life New

अमेरिकी इडिभी लट्रीको नतिजा आज प्रकाशन हुँदै, को हुनेछन् भाग्यशाली ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका बसाइ सराइको सहज अवसर खोज्नेहरूका लागि भाग्य ताैलने माध्यम बन्दै आएको डाइभर्सिटी भिसा (डिभी) को भाग्यशाली चिठ्ठाको नतिजा आज शनिबार सार्वजनिक हुँदैछ।

अमेरिकी डिपार्टमेण्ट अफ स्टेटका अनुसार, नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे नतिजा प्रकाशन हुनेछ। अमेरिकी डिपार्टमेण्ट अफ स्टेटको वेबसाइट मार्फत नतिजा हेर्न सकिनेछ।

Esewa
Crest

के अब बन्द हुनेछ इडिभीः

अमेरिकाले सन् १९९० देखि खुल्ला गरेको डिभी लटरी बन्द गर्नका लागि यस पटक अमेरिकी संस्थादमा विधेयक दर्ता गरिएको छ। जर्जियाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका सांसद माइक कोलिन्सले डिभी लोटरी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश गरेका हुन् । उनले कंग्रेस(संसद) मा ‘द सेक्युरिटी एण्ड फेयर नेस इन्ह्यान्समेन्ट फर अमेरिका-२०२५’ दर्ता गराएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इडिभी लटरीमार्फत विदेशीलाइ आप्रवाशनको सुविधा दिने नीतिको शुरूदेखि नै विपक्षमा रहँदै आएका छन् । अमेरिकी संसदको दुई तिहाई बहुमतबाट दर्ता विधेयक पारित भएमा सन् २०२५ मा ईडिभी लट्री खुल्नेछैन।

सन् १९९० देखि खुला गरिएको थियो इडिभीः

अध्यागनम ऐन जारी गर्दै सन् १९९० बाट सुरु भएको डिभी लटरीमार्फत वार्षिक करिब ५५ हजार अमेरिका प्रवेश पाउने गरेका छन् । तीमध्ये नेपाली नागरिकको संख्या पनि उच्च छ । सन् १९९० बाटै नेपालमा पनि शुरू गरिएको डिभीमार्फत हालसम्म ५७ हजार बढी नेपालीले ग्रिनकार्ड हात पारि सकेका छन् । यो संख्या नेपालीमूलका अमेरिकीको संख्यामध्ये २५ प्रतिशत हो ।

डिभी लटरी, अमेरिकामा स्थायी बसोबासका लागि सबैभन्दा सहज विकल्प हो। डिभी परेको अवस्थामा सपरिवार अमेरिकामा बसाइ सराइ गर्न पाइने भएकाले नेपाल लगायत विश्वभर नै डिभी भरेर भाग्यको परिक्षा गर्नेहरूको संख्या उल्लेख्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

79%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

21%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS