काठमाडौं । समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन कोष स्थापना गर्ने सरकारले घोषणा गरेको छ । आज आर्थिक वर्ष २०८२ /८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
सहकारी नीतिको पुनरावलोकन गरी नयाँ सरकारी नीति जारी गर्ने र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्या समाधान गरिने जनाएको छ ।

















