काठमाडौं । अब जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइनेछ । आज आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । जेष्ठ नागरिकलाई सम्मानपुर्वक जीवनयापनका लागि व्यवस्था मिलाइनेछ । जेष्ठ नागरिकको ज्ञान र अनुभवका लागि पुस्तान्तरणमा जोड दिइनेछ । जेष्ठ नागरिक केन्द्रहरुको व्यवस्थापन गरिने जनाएको छ ।
अब जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने

















