IME Life New

ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर दोस्रो बजारमा आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने भए पनि आज बिहीबार सार्वजनिक बिदा परेको र शुक्रबार शेयर बजार नखुल्ने भएकोले आइतबारबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

नेप्सेमा ओम मेगाश्री फर्मास्युटिकल्सको कुल ६० लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा ७० प्रतिशत अर्थात ४२ लाख कित्ता शेयर संस्थापक समूहको र ३० प्रतिशत अर्थात १८ लाख कित्ता शेयर सर्वसाधारणको रहेको छ।

नेप्सेले ओम मेगाश्री फर्मास्युटिकल्सलाई ‘ओएमपीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीको शेयरलाई प्रतिकित्ता न्यूनतम ९०.१७ रुपैयाँ र अधिकतममा २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। नेप्सेले तोकेको रेन्जभित्र स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर किनबेच भएमा नियमित सत्रमा कारोबारमा आउनेछ।

ओम मेगाश्री फर्मास्युटिकल्सले गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट गत चैत १२ गते धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS