IME Life New

पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जम्मु कश्मीरको पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच भारतले बुधबार पाकिस्तानी विमानहरुका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय अधिकारीहरुले यो प्रतिबन्ध मे १ देखि मे २३ सम्म लागू हुने बताएका छन्। यस सम्बन्धमा भारतीय विमानस्थल प्राधिकरण (एएआई)ले बुधबार साँझ एउटा नोटम जारी गरेको छ। हवाई क्षेत्रमा उडानहरुको सम्बन्धमा नोटम अर्थात् ‘नोटिस टु एयरम्यान’ जारी गरिन्छ।

Esewa
Crest

यो प्रतिबन्धको अर्थ हो कि भारतीय हवाई क्षेत्र पाकिस्तानमा दर्ता भएका पाकिस्तानी एयरलाइन्स र अपरेटरहरुद्वारा सञ्चालित वा स्वामित्वमा रहेका तथाा भाडामा लिइएका विमानहरुका लागि उपलब्ध हुने छैन। एक वरिष्ठ सरकारी अधिकारीले पीटीआईलाई बताएअनुसार यो प्रतिबन्ध पाकिस्तानको सैन्य विमानमा पनि लागू हुनेछ।

भारत र पाकिस्ता बीच कुनै सिधा उडान छैन। पाकिस्तानी एयरलाइन्सहरुले सिंगापुर, मलेसिया र अन्य पूर्वी एसियाली देशहरुमा उडानका लागि भारतीय हवाई क्षेत्र प्रयोग गर्छन्।

अप्रिल २२ मा पहलगाम आक्रमण भएको एक दिनपछि अप्रिल २३ मा भारतले पाकिस्तानविरुद्ध धेरै कदम चाल्यो। यसमा सिन्धु जल सन्धि ‘निलम्बन’ गर्ने, अटारीमा रहेको एक मात्र सञ्चालनयोग्य भूमि सीमा नाका बन्द गर्ने र कूटनीतिक सम्बन्धलाई घटाउने समावेश छ।

प्रतिक्रियामा पाकिस्तानले भारतीय विमानहरुका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्नुका साथै तेस्रो देशहरुमार्फत भारतसँगको सबै व्यापार निलम्बन गरेको थियो। सिन्धु जल सन्धिको बारेमा पाकिस्तानले भनेको छ कि यदि पानी रोक्ने वा मोड्ने कुनै प्रयास गरियो भने यसलाई ‘युद्धको घोषणा’ मानिनेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS