IME Life New

शिक्षक महासंघ र सरकारबीच सहमति, २९ दिनदेखिको आन्दोलन स्थगित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एक महिना अघि देखि काठमाडौंको माइतीघर देखि नयाँ बानेश्वर क्षेत्रसम्मको सडक तताएका शिक्षकहरूको आन्दोलन बुधबार साँझदेखि स्थगित भएको छ। सरकार र आन्दोलनरत शिक्षकहरूबीच १५ असारभित्र विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमआन्दोलन स्थगित भएको हो।

चैत्र २० गतेदेखि चलिरहेको शिक्षक आन्दोलनका माग सम्बोधनका लागि क्रममा सरकार र सत्तारूढ दलहरूले आगामी १५ असारभित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।

Crest

सहमतिपछि आयोजित पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले १५ असारभित्र ऐन जारी हुने लिखित प्रतिबद्धता आएकाले सम्झौता गरिएको बताए । उनले तत्कालै विद्यालय शिक्षा ऐन जारी हुने अवस्था नभएकाले राजनीतिक दलहरूको तर्फ अनुरोध र सहमतिका आधारमा  आन्दोलन फिर्ता गरिएको दाबी गरे ।

शिक्षा समितिका सभापति अम्मर बहादुर थापा र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ऐन निर्माण गर्न सघाउने प्रतिबद्धता जनाएका छन् ।

शिक्षक महासंघको माग पुरा गर्दा राज्य कोषमा ८ अर्ब रूपैयाँ बराबरको भार थपिने जानकारी अर्थमन्त्री विष्णु पाैडेलले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS