IME Life New

फेरि १०० अर्ब डलर क्लबमा मुकेश अम्बानीको इन्ट्री, कति पुग्यो नेटवर्थ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी फेरि १०० अर्ब डलर क्लबमा प्रवेश गरेका छन्।

रिलायन्स इन्डस्ट्रिजको शेयरभाउ लगातार तेस्रो दिन बढेको छ। पछिल्लो ३ दिनमा कम्पनीको शेयरभाउ ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। योसँगै अम्बानीको कुल सम्पत्ति बढेर १०० अर्ब डलर नाघेको हो।

Esewa
Crest

फोर्ब्सको रियल टाइम बिलिनियर्स इन्डेक्सका अनुसार अम्बानीको कुल सम्पत्ति १०६.१ अर्ब डलर पुगेको छ। रिलायन्स इन्डस्ट्रिजको शेयरभाउ यो वर्ष करिब १५ प्रतिशतले बढिसकेको छ। योसँगै कम्पनीको बजार पुँजीकरण भारु १९ लाख करोड पुगेको छ।

अम्बानी भारतका साथै एसियाकै धनीव्यक्ति हुन्। उनीपछि शीर्ष भारतीय धनाढ्यमा गौतम अडानीको नाम रहेको छ। अडानीको कुल सम्पत्ति ६१.८ अर्ब डलर रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS