काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ६१ अंकले घटेर २,६२६ को विन्दुमा कायम भएको छ । आज १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सिनर्जी पावरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।


















