काठमाडौं । भारतमा मारुती सुजुकीले सबैभन्दा धेरै कार बिक्री गर्छ। तर, सेफ्टीको कुरा गर्दा मारुतीका कार टाटा, महिन्द्रा र हुन्डाईलगायत अन्य कम्पनीभन्दा पछाडि छन्।
लामो समयदेखि मारुतीले आफ्ना कारो सेफ्टी फिचरमा सुधार गर्ने रिपोर्टहरु आएका छन्। यस प्रयासमा नयाँ स्विफ्ट, डिजायर, वागनआर र अल्टो के१० जस्ता मोडेलहरुका साथै सेलेरियोलाई स्ट्यान्डर्ड फिचरका रुपमा ६ एयरब्यागहरुसहित प्रस्तुत गरिएको छ। यसका साथै इलेक्ट्रोनिक स्थिरता नियन्त्रण र एबीएसजस्ता फिचर पनि राखिएको थियो। तर, अझै पनि धेरैजसो मोडेलमा स्ट्यान्डर्डका रुपमा २ वटा एयरब्यागमात्र छन्।
यस्तो अवस्थामा मारुती सुजुकीले आगामी समयमा धेरै विशेष योजनाहरु बनाइरहेको छ। जसले ग्राहकका गुनासा समाधान गर्नेछ।
मारुती सुजुकीले आफ्नो सम्पूर्ण लाइनअपलाई ६ वटा एयरब्यागसहित स्ट्यान्डर्डका रुपमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ। यो सेफ्टीसँग सम्बन्धित एउटा ठूलो अपडेट हो। कहिले लन्च हुन्छ भन्ने कुरा अझै तय नभए पनि मारुती सुजुकीको नेक्सा र एरिना डिलरसिपमा बेचिने सबै कारका सबै भेरियन्ट यस वित्त वर्षमा मानक सुविधाका रुपमा ६ वटा एयरब्यागसहित आउने अपेक्षा गरिएको छ। यसमा केही अन्य सेफ्टी फिचर पनि थप्न सकिन्छ। जुन वर्तमान समयमा धेरै महत्वपूर्ण देखिन्छन्।
आगामी समयमा बलेनो र फ्रान्कोक्सजस्ता सर्वाधिक बिक्री हुने कारहरुका साथै इग्निस र एस–प्रेसोजस्ता किफायती कारमा ६ वटा एयरब्यागहरु देख्न सकिन्छ। यो ग्राहकका लागि ठूलो कुरा हो। यस सुविधाले कारभित्र यात्रुले राम्रो सुरक्षा पाउनेछन्।
हाल मारुती सुजुकीको नयाँ डिजायर एकमात्र कार हो, जसले ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ। आगामी समयमा मारुती सुजुकीका थप कारहरुले ५ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सक्ने विश्वास गरिएको छ।
हालै मारुती सुजुकीको आगामी इलेक्ट्रिक एसयूभी ई–भिटाराको क्रर्यास टेस्टको तस्बिरहरु पनि लिक भएका थिए। यसले ५ स्टाार सेफ्टी रेटिङ पाउने अपेक्षा गरिएको छ।

















