IME Life New

१२ सूचकमा ग्लोबल आइएमई र प्रभु बैंकमा को तगडा ? ( तथ्यांकसहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक र प्रभु बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंक बीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनः

चुक्तापुँजीः ग्लोबल आइएमईको चुक्तापुँजी ३८ अर्ब ११ करोड रहेको छ भने प्रभुको चुक्तापुँजी २३ अर्ब ५४ करोड रहेको छ।

Esewa
Crest

जगेडा कोषः ग्लोबल आइएमईको जगेडा कोषमा २४ अर्ब ४५ करोड रहेको छ भने प्रभुको जगेडा कोषमा १४ अर्ब ५३ करोड रहेको छ।

रिटेन्ड अर्निङः ग्लोबल आइएमईको रिटेन्ड अर्निङमा ३ अर्ब ५४ करोड रहेको छ भने प्रभुको रिटेन्ड अर्निङ ३ अर्ब ३९ करोड ऋणात्मक रहेको छ।

निक्षेप र कर्जाः ग्लोबल आइएमईले ५ खर्ब १७ अर्ब निक्षेप संकलन गरी ४ खर्ब १३ अर्ब कर्जा प्रवाह गरेको छ भने प्रभुले ३ खर्ब २० अर्ब निक्षेप संकलन गरी २ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेको छ।

खुद ब्याजः ग्लोबल आइएमईले १२ अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेकोमा प्रभुले ७ अर्ब ८ करोड खुद ब्याज आम्दानी गरेको छ।

सञ्चालन नाफाः ग्लोबल आइएमईले ६ अर्ब ३३ करोड सञ्चालन नाफा गरेकोमा प्रभुले ३ अर्ब ४३ करोड सञ्चालन नाफा गरेको छ।

खुद मुनाफाः ग्लोबल आइएमईले ४ अर्ब ५३ करोड खुद नाफा गरेकोमा प्रभुले १ अर्ब ८७ करोड खुद नाफा गरेको छ।

वितरणयोग्य नाफाः ग्लोबल आइएमईको ३ अर्ब ५४ करोड वितरणयोग्य नाफा रहेकोमा प्रभुको ३ अर्ब ४० करोड वितरणयोग्य नाफा ऋणात्मक रहेको छ।

किताबी मूल्यः ग्लोबल आइएमईको किताबी मूल्य १७३.४७ रुपैयाँ छ भने प्रभुको किताबी मूल्य १४७.२९ रुपैयाँ छ।

वार्षिक प्रतिशेयर आम्दानीः वित्तीय विवरणको आधारमा ग्लोबल आइएमईको वार्षिक प्रतिशेयर आम्दानी १५.८६ रुपैयाँ छ भने प्रभुको वार्षिक प्रतिशेयर आम्दानी १०.६३ रुपैयाँ छ।

खराब कर्जाः ग्लोबल आइएमईको खराब कर्जा ४.९८ प्रतिशत हुँदा प्रभुको खराब कर्जा ५.०९ प्रतिशत छ।

(नोटः उपलब्ध तथ्यांकका आधारमा गरिएको विश्लेषण पूर्ण होइन। थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोबार प्रयोजनका लागि होइन।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS