IME Life New

१५ मिनेटमै चार्ज अनि १५ वर्षको ब्याट्री लाइफ, बीवाईडीको आकर्षक ईभी लन्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिनियाँ कार निर्माता कम्पनी बिल्ड योर ड्रिम (बीवाईडी) ले भारतीय बजारमा आफ्नो सवारीसाधन पोर्टफोलियो अपडेट गरेको छ। आफ्नो प्रसिद्ध इलेक्ट्रिक सेडान कार बीवाईडी सिललाई नयाँ अवतारमा लन्च गरेको हो।

कम्पनीले यस नयाँ कारमा केही ठूला परिवर्तन गरेको छ। जसले यसलाई अघिल्लो मोडेलभन्दा राम्रो बनाउँछ। नयाँ सिलको सुरुआती मूल्य भारु ४१ लाख (एक्स–शोरूम) तोकिएको छ।

Esewa
Crest

नयाँ बीवाईडी सिलमा ड्राइभिङ गतिशीलता, क्याबिन सुविधा र कनेक्टिभिटी सुधार गर्ने उद्देश्यले धेरै अपग्रेड छन्। कम्पनीले लिथियम आइरन फस्फेट (एलएफपी) कम भोल्टेज ब्याट्री (एलभीबी) प्रयोग गर्ने बताइएको छ। जुन कम तौल, राम्रो सेल्फ–डिस्चार्ज कार्यसम्पादन र १५ वर्षसम्मको विस्तारित आयुका साथ आउँछ।

कम्पनीले लुक र डिजाइनमा कुनै परिवर्तन गरेको छैन। यसमा पावर सनसेड प्रदान गरिएको छ। जुन पहिले सहायक विकल्पका रुपमा उपलब्ध थियो। यसबाहेक यसमा सिल्भर–प्लेटेड डिमिङ क्यानोपी, ठूलो कम्प्रेसरसहितको अपग्रेडेड एयर कन्डिसनिङ प्रणाली र राम्रो हावा शुद्धीकरण, प्रिमियम भेरियन्टमा फ्रिक्वेन्सी सेलेक्टिभ ड्याम्परसहितको सुधारिएको सस्पेन्सन पनि छ।

यस कारको परफर्मेन्स ग्रेडमा डिसुस–सी इन्टेलिजेन्ट ड्याम्पिङ सिस्टम दिइएको छ। यसले सडकको अवस्थाअनुसार रियल टाइममा सस्पेन्सन समायोजन गर्न मद्दत गर्छ। प्रिमियम भेरियन्ट अब फ्रिक्वेन्सी सेलेक्टिभ ड्याम्पर (एफएसडी) ले सुसज्जित छ। जुन पहिले शीर्ष–विशिष्ट मोडेलमा मात्र उपलब्ध थियो।

यसबाहेक टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीले वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो इन्टरफेसलाई समर्थन गर्दछ। जब कि नयाँ साउन्ड वेभ फङ्सनले क्याबिनभित्रको ध्वनिलाई सुधार गर्छ।

यो इलेक्ट्रिक कारको क्याबिन धेरै शानदार छ। यसमा १५.६ इन्चको सेल्फ–एडप्ट रोटेटिङ स्क्रिन छ। जसलाई प्रयोगकर्ताले आफ्नो सुविधाअनुसार कुनै पनि दिशामा घुमाउन सक्छ। यसबाहेक १०.२५ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्टल कन्सोल उपलब्ध छ। जसमा पावर मिटर, स्पिडोमिटर, स्टेट अफ चार्जिङ, रिमेनिङ ड्राइभिङ रेन्जजस्ता जानकारी उपलब्ध छन्।

लेटरले बेरिएको स्टेयरिङ ह्विल र राम्रो कुसनिङ भएका सिटहरुले यसको क्याबिनलाई अझ प्रिमियम बनाउँछ। कारमा वायरलेस चार्जिङ, एड्भान्स विन्डशिल्ड हेड–अप–डिस्प्ले (एचयूडी), सिल्भर प्लेटेड प्यानोरामिक ग्लस सनरुफ र क्रिस्टल गियरसिफ्ट (आरएनडी) जस्ता फिचर प्रदान गरिएको छ।

कारको क्याबिनलाई डार्क थिमले सजाइएको छ। यसमा एड्भान्स फिचर र प्रविधि स्पष्ट रुपमा देखिन्छ। कम्पनीको दाबी छ कि यसको क्याबिन ओसन एस्थेटिक्स अवधारणामा डिजाइन गरिएको छ। जसले यात्राको क्रममा आरामदायी र जीवन्त वातावरण प्रदान गर्दछ। यसको भित्री भागमा उच्च गुणस्तरको सामग्री प्रयोग गरिएको छ।

बीवाईडी सिलले सेल–टु–बडी (सीटीबी) र इन्टेलिजेन्ट टर्क एडाप्टिसन कन्ट्रोल (आईटीएसी) प्रविधि कायम राख्छ। अल–ह्विल–ड्राइभ पर्फर्मेन्स संस्करणले ३.८ सेकेन्डमा ० देखि १०० किमी प्रतिघन्टाको गति बढाउँछ। यसबाहेक कारका सबै भेरियन्ट अब पावर सनसेड र सिल्भर–प्लेटेड डिमिङ क्यानोपी स्ट्यान्डर्डका रुपमा आउँछन्। ता कि क्याबिनमा आराम सुधार गर्न सकियोस्। वातानुकूलित प्रणालीलाई ठूलो कम्प्रेसर र हावा शुद्धीकरण मोड्युलको साथ स्तरोन्नति गरिएको छ।

बीवाई सिलमा नयाँ लिथियम आइरन फस्फेट (एलएफपी) कम भोल्टेज ब्याट्री रहेको छ। जसका बारेमा कम्पनीले यो परम्परागत लिड एसिड ब्याट्रीभन्दा ६ गुणा हलुका र यसको आयु १५ वर्ष रहेको दाबी गरेको छ। यसको अर्थ यो ब्याट्री कुनै समस्या बिना १५ वर्षसम्म टिक्नेछ। यो कारले एकपटक चार्ज गर्दा ६५० किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ। यसको ब्याट्री डीसी फास्ट चार्जरले १५ मिनेटमा यति धेरै चार्ज हुन्छ कि कारले २०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिनसक्षम छ। यसबाहेक ब्याट्रीलाई ८० प्रतिशत चार्ज गर्न ४५ मिनेट लाग्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS