IME Life New

पहलगाम आतंकवादी हमलापछि ४८ पर्यटकीयस्थल बन्द, सुरक्षा व्यवस्था कडा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पहलगाम आतंकवादी हमलापछि जम्मू कश्मीरका धेरै पर्यटकीयस्थल हालका लागि बन्द गरिएका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार जम्मु कश्मीर सरकारले सुरक्षा एजेन्सीहरुको सिफारिसमा ती पर्यटकीयस्थल बन्द गर्ने निर्णय लिएको हो। आतंकवादी हमलाको सम्भावनाका बारेमा गुप्तचर एजेन्सीको चेतावनीपछि त्यहाँका ८७ पर्यटकीयस्थलमध्ये ४८ बन्द गरिएका छन्।

Esewa
Crest

पहलगाम आक्रमणपछि त्यस क्षेत्रमा केही स्लिपर सेलहरु सक्रिय भएका छन् र उनीहरुलाई गतिविधि सुरु गर्न निर्देशन दिइएको छ। त्यहाँ आक्रमण गर्ने आतंककारीहरुको घर ध्वस्त पारेको बदला लिन टीआरटीले ठूलो आक्रमण गर्ने प्रयासका साथै केही लक्षित हत्याहरु गर्ने बारेमा निरन्तर गुप्तचर सतर्कताहरु जारी राखेको छ। सुरक्षाबलहरुले गुलमर्ग, सोनमर्ग र ताल क्षेत्रसहित धेरै संवेदनशील पर्यटकीयस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यो आक्रमणले कश्मीरका सबै क्षेत्रलाई असर गर्न सक्छ। विशेषगरी पर्यटनमा बढी प्रभाव पर्न सक्छ। त्यहाँ होटल, कम्पनी खोल्ने र फलफूल व्यवसाय गर्ने मनसाय राख्ने लगानीकर्ताको विश्वास डगमगाउन सक्छ। यसले वर्षौंको कडा परिश्रमपछि स्थिर भएको कश्मीरको आर्थिक प्रगतिलाई रोक्न सक्छ। यतिमात्र होइन कश्मीरका जनताको आम्दानीमा पनि गहिरो प्रभाव पर्न सक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS