IME Life New

भारु १०० र २०० दरका नोटमा आरबीआईको ठूलो निर्णय, बैंकहरुलाई दियो यस्तो निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा भारु १०० र २०० दरका बैंक नोटमा ठूलो निर्देशन जारी गरिएको छ। भारतीय रिजर्भ बैंक (आरबीआई)ले बैंकहरुलाई एटीएमबाट भारु १०० र २०० दरका निकाल्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको हो। हाल भारतीय बैंकहरुका एटीएमबाट भारु ५०० दरका बैंक नोटमात्र निकाल्न छ।

भारतीय केन्द्रीय बैंकले सोमबार बैंकहरुलाई ती नोट सर्वसाधारणका लागि उपलब्ध छन् भनी सुनिश्चित गर्न र एटीएमबाट पर्याप्त मात्रामा यो मूल्यका नोट निस्कने कुरा सुनिश्चित गर्न निर्देशन दिएको हो। आरबीआईले यस सम्बन्धमा एक परिपत्र जारी गरेको छ। बैंक र ह्वाइट लेबल एटीएम अपरेटर (डब्ल्यूएलएओ)हरुले यो निर्देशन चरणबद्ध रुपमा लागू गर्नुपर्नेछ।

Esewa
Crest

ह्वाइट लेबल एटीएमले सरकारी र निजी बैंकको एटीएम जस्तै काम गर्छ। बैंकहरुको सट्टा यी निजी वा गैरबैंकिङ वित्तीय कम्पनीद्वारा लगानी गरिन्छ। यीमार्फत ग्राहकले नगद निकासी, ब्यालेन्स जाँचजस्ता सुविधा वा डेबिट कार्ड र क्रेडिट कार्डमार्फत ती सबै सुविधा प्रयोग गर्न सकिन्छ। जुन अन्य एटीएममा उपलब्ध छन्।

आरबीआईको परिपत्रमा सेप्टेम्बर ३० सम्ममा सबै एटीएममध्ये ७५ प्रतिशतमा भारु १०० र २०० दरका बैंक नोट वितरण गर्ने कम्तीमा एउटा क्यासेट हुनुपर्छ। त्यसपछि अर्को चरणमा सन् २०२६ मार्च ३१ सम्ममा ९० प्रतिशत एटीएमले कम्तीमा एउटा क्यासेटबाट भारु १०० र २०० दरका बैंक नोटहरु वितरण गर्नुपर्छ।

यसैबीच मे १ देखि भारतमा परिवर्तन हुने नियमहरुअनुसार एटीएम मेसिनबाट नगद निकासीको नियम पनि परिवर्तन हुँदैछन्। यदि होम बैंक नेटवर्कबाहिरको एटीएम मेसिनबाट कुनै पनि कारोबार गरिन्छ वा ब्यालेन्स जाँच गरिन्छ भने प्रयोगकर्ताले बढी शुल्क तिर्नुपर्नेछ।

होम बैंक नेटवर्कबाहिर एटीएम प्रयोग गर्दा शुल्क लागू हुन्छ र मे १ देखि यो अझ बढ्ने छ। यो वृद्धि भारतीय राष्ट्रिय भुक्तानी निगम –एनपीसीआई) को प्रस्तावमा आधारित आरबीआईले अनुमोदन गरेको संशोधनको अंश हो।

रिपोर्टका अनुसार अहिलेसम्म भारतीय ग्राहकले आफ्नो होम बैंकको एटीएमको सट्टा अर्को नेटवर्क बैंकको एटीएमबाट पैसा निकालेमा प्रत्येक कारोबारमा भारु १७ शुल्क तिर्नुपथ्र्यो। अब मे १ देखि बढेर भारु १९ हुनेछ। यसबाहेक ग्राहकले कुनै अन्य बैंकको एटीएमबाट ब्यालेन्स जाँच गरेमा भारु ६ शुल्क लाग्थ्यो र अब यो शुल्क बढेर भारु ७ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

20%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS