IME Life New

भारतमा बीमा दाबीको लोभमा एकैजनाले गुमाए रु. ३ करोड, बने साइबर ठगीको शिकार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको मुम्बई सहरको पश्चिमी उपनगरका एक मिडियाकर्मीले भारु ३ लाखदेखि १० लाखको बीमालेखमा उच्च प्रतिफल दिने वाचा गरेर साइबर ठगी गर्नेहरुबाट झन्डै भारु ३ करोड गुमाएको घटना प्रकाशमा आएको छ।

ती मिडियाकर्मीले बीमा दाबीवापत प्राप्त हुने रकमका लागि पाँच बैंक तथा बैंकिङ संस्थाबाट भारु १ करोड ऋण लिएका छन्। जसको उनले मासिक भारु २ लाख ७० हजार किस्ता तिर्नुपरिरहेको छ।

Crest

मुम्बई प्रहरीका अनुसार ठगी गर्नेहरुले केन्द्रीय बैंक आरबीआई र आयकर विभागका अधिकारीका रुपमा आफूलाई प्रस्तुत गरेका थिए। पीडितलाई सुरुमा बीमा दाबीबापतको रकमको भुक्तानी प्राप्त गर्नका लागि भारु ५४ लाख वस्तु तथा सेवा कर (जीएसटी) तिर्नुपर्ने भन्दै रकम तिर्न लगाए। यतिमात्र नभएर बेंगलुरुका अर्का एक पीडितबाट ठगी गरेको भारु ३० लाख ७० हजार स्थानान्तरण गर्न ती पीडितको बैंक खातासमेत दुरुपयोग गरे।

प्रहरीका अनुसार पीडित भनिएका मिडियाकर्मीसँग व्यक्तिसँग बीमालेख भए पनि केही समयपछि मासिक भुक्तानी किस्ता तिर्न बन्द गरेका थिए। उनलाई बीमा नियामकको गुनासो निवारण निगरानी प्रणाली, बीमा भरोसाको कर्मचारी भएको दाबी गर्ने एक व्यक्तिबाट फोन आयो। जसले उनलाई किस्ता नियमित नगरे कारबाही गर्ने चेतावनी दिए। फोन गर्ने व्यक्तिले उनलाई बीमालेख पुनर्जीवित गर्न भारु १ लाखभन्दा बढी तिरेमा बीमालेख परिपक्वत भइसकेपछि भारु १०.६ लाख पाउने आश्वासन दिएका थिए। फोन गर्ने व्यक्तिले उनलाई विश्वास दिलाउन ईमेलमार्फत नक्कली पत्रहरु पनि पठाए।

जुलाई १४, २०२० मा पीडितले अर्को एउटा ईमेल प्राप्त गरेका थिए। जसमा भनिएको थियो कि यदि उसले थप भारु. १ लाख तिरे भने बीमालेखको परिपक्वतामा भारु १५ लाख प्राप्त गर्नेछन्। ईमेलमा केन्द्रीय अर्थ मन्त्रालयको छाप र छापसहितको पत्र थियो। उजुरीकर्ताले भारु. १.१ लाख ठगले दिएको खातामा स्थानान्तरण गरिदिए। त्यस वर्षको अगस्त ४ मा उनले फेरि अर्को ईमेल प्राप्त गरे। जसमा भारु १५.७ लाख थप भुक्तानी गर्दा भारू ८४.३ लाखको लाभको प्रलोभन दिइएको थियो। उनीसँग यसका लागि पर्याप्त पैसा थिएन, तर ठगी गर्नेहरुले उनलाई निरन्तर दबाब दिइरहे। पछि उनलाई अर्को फोन आयो जसमा भारु २० लाख थप फिर्ता पाउन थप भारु १० लाख तिर्न भनिएको थियो।

ठगी गर्नेहरुले आरबीआई अधिकारीको रुपमा पनि आफूलाई प्रस्तुत गरे र बैंक खाताहरुबाट पटक–पटक भएको धेरै लेनदेनका बारेमा उनलाई प्रश्न सोधेर नक्कली पत्रहरु पठाए। त्यसपछि अर्को ई–मेल आयो। जसमा आयकर विभागबाट आएको दाबी गरिएको थियो। जसले उनलाई भारु ५४ लाख कर (जीएसटी) तिर्न निर्देशन दिइएको थियो।

पीडित मिडियाकर्मीले यो पटक पनि पैसा भुक्तानी गरे र त्यसपछि उनले आफ्नो एकजना साथीलाई यी सबै घटनाबारे बेलिविस्तरा सुनाए। त्यसपछि मात्र उनले आफू ठगिएको महसुस गरे। त्यसपछि ती पीडितले प्रहरीलाई सम्पर्क गरे। मुम्बईको पश्चिम क्षेत्र साइबर अपराध प्रहरीका अधिकारीले यस विषयमा अनुसन्धान जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS