काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ को विन्दुमा झरेको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका २ वटा उकालो लागेको छ भने ११ वटा ओरालो लागेको छ। यो दिन वित्त समूह सर्वाधिक १.४० प्रतिशतले बढेको छ भने सर्वाधिक गिरावट लगानी समूहमा २.१४ प्रतिशतको देखिएको छ।
आज बजारमा १६७ कम्पनीको शेयरभाउ घट्दा ७८ वटाको बढेको छ। यो दिन ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः ७० करोड ९४ लाख रुपैयाँ
- राधी विद्युतः ४५ करोड १० लाख रुपैयाँ
- युनिभर्सल पावरः ३८ करोड १२ लाख रुपैयाँ
- एचआईडीसीएलपीः ३५ करोड ३६ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ३३ करोड ७५ लाख रुपैयाँ
- निफ्राः ३१ करोड ९९ लाख रुपैयाँ
- एचआईडीसीएलः २९ करोड ५५ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २९ करोड ७ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः २५ करोड २ लाख रुपैयाँ
- शिवश्री हाइड्रोपावरः २१ करोड २४ लाख रुपैयाँ

















