IME Life New

घटेर बन्द भयो शेयर बजार, कारोबार रकम ८ अर्ब ९१ करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशलमव ५३ अंकले घटेर २,६४७ को विन्दुमा कायम भएको छ । आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युतको ४५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ३८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । एनआइएमबि डिबेञ्चरका इकाईधनीले ५ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स बैंक डिबेञ्चरका इकाईधनीले पनि ५ दशलमव ४३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८ दशलमव ९३ प्रतिशतका दरले कमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS