IME Life New

सुबिसु केबलले गर्‍यो ३ अर्ब २८ करोडको कारोबार, प्रतिस्पर्धा बढ्दा लगातार खुम्चिंदै आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दूर सञ्चार पूर्वाधारको लगानी र सरकारी सलामी दस्तुर र करको भार बढ्दै गर्दा इन्टरनेट सेवा प्रदायक सुबिसु केवल लिमिटेडको कारोबार भने आम्दानी घटेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ मा ३ अर्ब २८ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०७९।८० मा कम्पनीले ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।आव २०७८।७९ मा यो कम्पनीको कारोबार ३ अर्ब ७७ करोड १० लाख रूपैयाँ थियो ।

Esewa
Crest

घरेलु इन्टरनेट बजारमा इन्टरनेट सेवा प्रदायकहरूबीच अस्वस्थ्य प्रतिस्पर्धासँगै प्रायः सबै इन्टरनेट सेवा प्रदायकको कारोबारको आकार खुम्चिंदै गएको छ। केही वर्ष यता सुबिसु केबल नेटको कारोबार रकम लगातार ओरालो लागि रहेको छ।

आर्थिक वर्ष २०८०।८१ मा यसको कुल सञ्चालन आम्दानी ५.२०% ले घटेको छ। विशेषगरी परियोजनाहरूबाट प्राप्त हुँदै आएको आम्दानी खुम्चिंदा कुल आय पनि घटेको हो। आर्थिक वर्ष २०८०।८१ देखि सबै आम्दानीमा तीब्र प्रतिस्पर्धात्मक दबाब र सलामी दस्तुर र ग्रामीण दूर सञ्चार कोष लागू हुने कारणले गर्दा प्रति प्रयोगकर्ता कम औसत राजस्वको कारणले गर्दा ह्रास कट्टी र कर अघिको मुनाफा मार्जिन पनि २६.८३ प्रतिशतबाट घटेर २३.४० प्रतिशत पुगेको छ।

कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा खुद्रा ग्राहकहरूबाट कुल आयको ५४ प्रतिशत (आर्थिक वर्ष २०२३: ५२%)  कमाएको छ जुन आर्थिक वर्ष २०८१।८२ को पहिलो अर्द्ध वार्षिक अवधिमा थप सुधार भएर ~६५ प्रतिशत पुगेको छ। यसबाहेक, टिभी सेवाबाट चालू आर्थिक वर्षको छ महिनामा योगदान ५ प्रतिशत रहेको छ।

ग्रामीण क्षेत्र विकास कोषमा दिनुपर्ने योगदानवापतको रकम समयमै चुक्ता नगरेकाले चालू आर्थिक वर्ष २०८१।८२ को पहिलो अर्द्ध वार्षिक अवधिमै सुबिसु केबलले ३१ करोड ४० लाख रूपैयाँ कोषमा तिर्नुपरेको थियो। यो मध्ये अधिकांश रकम बैंक ऋणबाट जुटाइएको हो। केयर रेटिङ्गसका अनुसार ६ सदस्यीय सञ्चालक समितिको अध्यक्ष सुरेन्द्र बहादुर श्रेष्ठ हुन् ।

सुबिसु केबलले ७७ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ। ग्राहक संख्याका आधारमा सुबिसु केबल नेट चाैथो ठूलो सेवा प्रदायक हो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, गत वर्ष सन् २०२४ को अन्त्यसम्ममा यसको कुल ग्राहक संख्या ३ लाख १० हजार रहेको छ। सुबिसु केबलले कुल बजार हिस्साको १० प्रतिशत हिस्सा ओगटेको छ।

कम्पनीले ३ अर्ब ६२ करोड ८३ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि गराएको रेटिङ साबिकको भन्दा तल झरेको छ। रेटिङ एजेन्सी केयर रेटिङका अनुसार, केयर एनपि डब्बल बी माइनस र अल्पकालीन कर्जाका लागि केयर एनपि फो रेटिङ पाएको छ। एजेन्सी रेटिङ सम्बन्धमा कम्पनीलाइ निगरानीको सूचीबाट भने हटाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS