काठमाडौं । भारतको प्रमुख पफरर्मेन्स बाइक निर्माता कम्पनी रोयल इनफिल्डले आधिकारिक रुपमा आफ्नो सबैभन्दा सस्तो बाइक ‘हन्टर ३६०’ नयाँ अवतारमा लन्च गरेको छ। कम्पनीले अघिल्लो मोडलको तुलनामा अझै आकर्षक बनाउन यो बाइकमा केही परिवर्तन गरेको छ।
नयाँ स्टाइल र पेन्ट स्किमका साथ ल्याइएको यो बाइकको बेस प्राइमा कुनै बदलव गरिएको छ। यसको सुरुआती मूल्य भारु १ लाख ५० हजार (एक्स–शोरुम) तोकिएको छ।
नयाँ हन्टर ३५० लाई कम्पनीले ३ नयाँ कलर अप्सनमा ल्याएको छ। जसमा रियो ह्वाइट, टोकियो ब्लक र लन्डन रेड समावेश छन्। यो सेग्मेन्टको अन्य अर्बन बाइकका लागि नयाँ कोशेढुंगा सेट गर्न यो बाइकको केही थप फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।
नयाँ कलर अप्सनका अलावा कम्पनीले यो बाइकमा एर्गोनमीलाई अपडेट गरेको छ। सबैभन्दा ठूलो बदलाव कम्पनीले बाइकको पछाडि सस्पेन्सन सेटअपका रुपमा गरेको छ। यसमा नयाँ सस्पेन्सन सेटअप पाइनेछ। यसका साथै एलईडी हेडलाइट, एउटा ट्रिपर प्याड र टाइप सी यूएसबी पोर्ट दिइएको छ। जनुले फास्ट चार्जिङ सेटअपका साथ आउनेछ।
बाइकको ग्राउन्ड क्लियरेन्सलाई पनि कम्पनीले बढाएर १० एमएम पुर्याएको छ। जसले खराब सडकमा राम्रो राइडिङ अनुभव प्रदान गर्न मद्दत गर्नेछ।
नयाँ हन्टर ३५० को इन्जिन म्याकानिजममा कुनै परिवर्तन गरिएको छैन। यसमा ३४९ सीसी क्षमता र एयर आयल कुल्ड, जे सिरिज इन्जिन दिइएको छ। जुन ५ स्पिड गियरबक्स रहेको छ। यो इन्जिनले २०.२ बीएचपी पावर र २७ न्युटन मिटर (एनएम)को पि टार्क जेनरेट गर्न सक्छ।
भारतीय बजारमा यो बाइकको बुकिङ सुरु भइसकेको छ।

















