IME Life New

सात दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाउने सञ्चारमन्त्रीको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटा कम्पनीलाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
राष्ट्रिय सूचना आयोग शुक्रबार काठमाडौंमा आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रियामा मन्त्री गुरुङले यस्तो चेतावनी दिएका हुन्। नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टकमात्रै दर्ता भएको उल्लेख गर्दै उनले मेटाले पनि दर्ता गर्न अटेर गरिरहेको जानकारी दिए।
मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक–पटक सूचना जारी गरे पनि नमानेको गुरुङको भनाइ छ। ‘तेस्रोपटकको सूचनाको मिति केही दिनअघि सकिएको थियो’, उनले भने, ‘अबको ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइन्छ।’
मेटाले नेपालमा दर्ता कर तिर्नुपर्ने गुरुङले बताए। ‘नेपालबाट हरेक क्षणमा पैसा मेटामा गइरहेको छ’, उनले भने, ‘त्यसैले पनि नेपालको कानुनी व्यवस्था पालना गरेर दर्ता हुनुपर्छ। कर तिर्नुपर्छ।’

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता लोकप्रिय सामाजिक सञ्जाल तथा एपको मेटा प्यारेन्ट कम्पनी हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS