IME Life New

वैदेशिक रोजगार बीमा पुलसम्बन्धी निर्देशनको अनुसूची हेरफेर गर्ने अधिकार प्राधिकरण अध्यक्षलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार बीमा पुलसम्बन्धी निर्देशनको अनुसूचीमा हेरफेर गर्ने अधिकार नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई दिइएको छ।

प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशनमा दोस्रो संशोधन गर्दै अनुसूची हेरफेर गर्ने अधिकार प्राधिकरणका अध्यक्षलाई प्रत्यायोजन गर्ने व्यवस्था थप गरेको हो। यसअघि अनुसूची हेरफेर गर्ने अधिकार प्राधिकरणको सञ्चालक समितिमा मात्र रहेको थियो।

Esewa
Crest

यसैगरी संशोधित निर्देशनको पालना नगर्ने बीमकले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ। यसअघिको निर्देशनमा सदस्यता खारेज भएको र वैदेशिक रोजगार विभागमा सूचीकृत नभएको बीमकले सामूहिक कोषमा सहभागी हुन बीमालेख बिक्री गर्न नपाउने प्रावधान रहेको छ।

संशोधित व्यवस्था अनुसार सदस्यता खारेज भएको र वैदेशिक रोजगार विभागमा सूचीकृत नभएको तथा निर्देशन पालना नगर्ने बीमकले वैदेशिक रोजगार म्यादी बीमालेख बिक्री गर्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS