IME Life New

मोबाइल वितरक संघका नवनिर्वाचित पदाधिकारीलाई एमपिआइएको बधाई

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । एमपिआइएका अध्यक्ष दीपक कुमार मल्होत्राले एनएमडिए का नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीसहित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

साथै, दुई कार्यकालसम्म एनएमडिए को नेतृत्व सफलता साथ सम्हालेका निवर्तमान अध्यक्ष दिनेश चुल्याद्योलाई पनि धन्यवाद तथा प्रशंसा प्रकट गर्दै उनको योगदानको उच्च मूल्याङ्कन गरे । अध्यक्ष मल्होत्राले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को प्रभावकारी कार्यान्वयनमा एमपिआइए, एनएमडिए र नेपाल मोबाइल व्यवसायी महासंघ (एफएनएमबिए) बीच सहकार्यलाई अझ सशक्त बनाउँदै सुरक्षित, व्यवस्थित र मर्यादित मोबाइल व्यवसाय वातावरण निर्माणमा जोड दिए ।

Crest

उनले उपभोक्तालाई गुणस्तरीय सेवा र सुविधा सुनिश्चित गर्नु नै सबैको साझा लक्ष्य हुनुपर्ने धारणा राखे । एमपिआइएका उपाध्यक्षसंजय अग्रवालले मोबाइल क्षेत्रमा व्याप्त असुरक्षित उधारो कारोबारलाई नियन्त्रणमा ल्याउन र अबैध मोबाइल आयातलाई रोक्न तत्कालीन आवश्यकता रहेको विचार व्यक्त गरे ।

एनएमडिएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीले एमपिआइए र एनएमडिए बीच आगामी दिनमा अझ सुदृढ समन्वयका साथ मोबाइल व्यवसायको प्रवद्र्धन र व्यवसायिक शुद्धता कायम राख्न आफ्नो प्रतिबद्धता जाहेर गरे । उनले मोबाइल बजारमा देखा परेका चुनौतीहरू र भविष्यका सम्भावनाहरूको चर्चा गर्दै सहकार्यमै सम्भावनाको मार्ग खुल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS