IME Life New

भोलि देशैभरको अस्पतालमा चिकित्सकले ओपिडि सेवा ठप्प पार्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आवासीय चिकित्सकको सेवा सुविधाको मागलाई लिएर आन्दोलनरत नेपाल चिकित्सक संघले शुक्रबार देशैभरका अस्पतालको बहिरङ्ग(ओपिडि) सेवा ठप्प पार्ने चेतावनी दिएको छ।

संघका अनुसार शुक्रबार देशैभरको अस्पतालमा आकस्मिक उपचार सेवा र सघन उपचार सेवा बाहेक अन्य सम्पूर्ण उपचार सेवा बन्द रहनेछ ।

Esewa
Crest

आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन गर्नुपर्ने माग गर्दै संघले आन्दोलनमा उत्रिएको हो। संघले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग् भेटवार्ता गरेको थियो। भेटवार्तामा संघको माग पुरा गर्ने सम्बन्धमा प्रगती नभएको संघका अध्यक्ष अनिल विक्रम कार्कीले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

शुक्रबार सबै सरकारी तथा निजी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरिएको संघको मधेश प्रदेश उपाध्यक्ष डा। निरज सिंहले बताए।

संघले शुक्रबार पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ र मोफसलमा जिल्ला प्रशासन कार्यालय घेराउलाई निरन्तरता दिने बताएको छ।

चिकित्सा शिक्षा आयोगको १६ औ पूर्ण बैठकले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने निर्णय गरेको थियो। यो निर्णय भूतप्रभावी नहुने भन्दै निजी मेडिकल कलेजले कार्यान्वयन गर्न मानेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS