IME Life New

सामान्य बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य बढेको छ। नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन लगानी समूह सर्वाधिक २.४९ अंकले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.१६ प्रतिशतले घटेको छ।

Crest

आज नेप्सेमा सूचीकृतमध्ये ८३ कम्पनीको शेयरभाउ बढेको छ भने १६१ वटाको घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः ७० करोड ३४ लाख रुपैयाँ
  • राधी विद्युतः ५७ करोड २३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ५२ करोड ५२ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ४७ करोड ३ लाख रुपैयाँ
  • एचआईडीसीएलः २८ करोड २८ लाख रुपैयाँ
  • निफ्राः २३ करोड ३५ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २१ करोड ३ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १८ करोड ७३ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १७ करोड ४४ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः १६ करोड ५१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS