IME Life New

थुप्रियो सरकारी ढुकुटीमा पैसा, बजारमा नगद परिचालन कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी ढुकुटीमा पैसा थुप्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैतसम्म बैंकहरुमा सरकारको नाममा रहेको ३ खर्ब ४० अर्ब ५५ करोड रुपैयाँ जम्मा रहेको छ। गत असार मसान्तसम्म सरकारको नाममा ६३ अर्ब ९५ करोड रुपैयाँमात्रै जम्मा रहेको थियो। गत असारको तुलनामा चैतसम्म सरकारी ढुकुटीको आकार ४३२.५० प्रतिशतले बढेको छ।

Esewa
Crest

यसैगरी बजारमा नगद परिचालन पनि बढेको छ। गत असारसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख रुपैयाँ नगद परिचालन रहेकोमा चैतसम्म बढेर ७ खर्ब ३६ अर्ब ८१ करोड ३ लाख रुपैयाँ पुगेको छ। गत असारको तुलनामा चैतसम्म नगद परिचालन ८.३५ प्रतिशतले बढेको छ।

आईएमएफको दायित्वमा सवा १ अर्ब रुपैयाँले बढेको छ। गत असारसम्म आईएमएफको दायित्व ३८ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ रहेकोमा चैतसम्म बढेर ४० अर्ब १९ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS