IME Life New

टेस्लाको नाफा घटेसँगै झस्किए एलन मस्क, अब ट्रम्प प्रशासनभन्दा कम्पनीलाई बढी समय दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले अब ट्रम्प प्रशासनभन्दा बढी समय आफ्नो इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लालाई दिने भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ लागेपछि मस्कको चौतर्फी आलोचना हुनुका साथै टेस्ला कार बहिष्कारको अभियान नै चलेको थियो। अमेरिकामै टेस्ला कारमाथि आक्रमणका घटना पनि धेरै भएका छन्।

Esewa
Crest

पछिल्लो समय टेस्ला कारको बिक्री ह्वात्तै घटेको छ। यसले कम्पनीको आम्दानीसँगै नाफा घटेको छ। कम्पनीका अनुसार अघिल्लो वर्षको तुलनामा वर्ष २०२५ को प्रथम त्रैमासमा २० प्रतिशतले आम्दानी घटेको छ भने नाफामा ७० प्रतिशतको संकुचन आएको छ।

मस्क राजनीतिमा लागेका कारण कम्पनीले व्यहोर्नुपरेको आर्थिक क्षति अझै बढ्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन्। मस्क हाल ट्रम्प सरकारको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डीओजीई)का प्रमुख छन्।

कम्पनीको वित्तीय प्रदर्शन कमजोर बन्दै गएपछि अब मस्कले डीओजीईमा कम समय बताउने र बढी समय टेस्लाको सुधारमा बिताउने निर्णय गरेका छन्। उनले आउँदो महिना मेबाट कम्पनीलाई धेरै समय दिने निर्णय गरेका हुन्। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS