IME Life New

जोखिम व्यवस्थापनमा अनुभवी बिर्नहार्डलाई भित्र्याउँदै स्विस रि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्विस रिले जोखिम व्यवस्थापनमा अनुभवी मानिएका बिर्नहार्ड काउफम्यानलाई कम्पनीमा भित्र्याउने भएको छ।

स्विस रिले काउफम्यानलाई कम्पनीको ग्रुप चिफ रिस्क अफिसरका रुपमा भित्र्याउन लागेको हो। उनको नियुक्ति आउँदो अक्टोबर १ बाट लागू हुने कम्पनीले जनाएको छ। काउफम्यानले हालका प्याट्रिक राफलाउबलाई प्रतिस्थापन गर्नेछन्।

Esewa
Crest

काउफम्यानसँग बीमा र पुनर्बीमा कम्पनीमा चिफ रिस्क अफिसरका रुपमा १७ वर्ष काम गरेको अनुभव रहेको छ। हाल उनी हेलभेटियामा ग्रुप चिफ रिस्क अफिसरका रुपमा कार्यरत छन्। यसअघि उनले सोही पदमा रही एनएन ग्रुपमा काम गरेका थिए।

त्यसअघि काउफम्यानले म्युनिख रि ग्रुपमा ग्रुप चिफ रिस्क अफिसरका रुपमा कार्यरत थिए। उनले म्युनिखस्थि टेक्निकल युनिभर्सिटीबाट फिजिक्समा विद्यावारिधि उपाधि हासिल गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS