IME Life New

मर्जर प्रक्रिया रद्द गरी आ-आफ्नो बाटो लागेका इन्भेस्टमेन्ट मेगा र हिमालयनमा अहिले को तगडा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुनै समय मर्जरको नजिक पुगेका साविक नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अन्तिम समयमा तोडिएको थियो। मर्जर प्रक्रिया तोडिएपश्चात् नेपाल इन्भेस्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जर प्रक्रिया सम्पन्न गर्यो भने हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्यो। दुवै बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनः

चुक्तापुँजीः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड रहेको छ भने हिमालयन बैंकको चुक्तापुँजी २१ अर्ब ६५ करोड रहेको छ।

Esewa
Crest

जगेडा कोषः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको जगेडा कोषमा ३१ अर्ब ९५ करोड रहेको छ भने हिमालयन बैंकको जगेडा कोषमा २२ अर्ब ८३ करोड रहेको छ।

रिटेन्ड अर्निङः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रिटेन्ड अर्निङ १ अर्ब १० करोड ऋणात्मक रहेको छ भने हिमालयन बैंकको रिटेन्ड अर्निङ ७ अर्ब ३६ करोड ऋणात्मक रहेको छ।

निक्षेप र कर्जाः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ खर्ब ५५ अर्ब निक्षेप संकलन गरी ३ खर्ब २७ अर्ब कर्जा प्रवाह गरेको छ भने हिमालयन बैंकले ३ खर्ब १ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब कर्जा प्रवाह गरेको छ।

खुद ब्याज आम्दानीः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १० अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेकोमा हिमालयन बैंकले ७ अर्ब ७५ करोड खुद ब्याज आम्दानी गरेको छ।

सञ्चालन नाफाः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ६ अर्ब ६१ करोड सञ्चालन नाफा गरेकोमा हिमालयन बैंकले ३ अर्ब ८१ करोड सञ्चालन नाफा गरेको छ।

खुद मुनाफाः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ५४ करोड खुद नाफा गरेकोमा हिमालयन बैंकले ५० करोड खुद नाफा गरेको छ।

वितरणयोग्य नाफाः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ अर्ब १० करोड ऋणात्मक वितरणयोग्य नाफा रहेकोमा हिमालयन बैंकको ७ अर्ब ३६ करोड ऋणात्मक वितरणयोग्य नाफा रहेको छ।

किताबी मूल्यः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको किताबी मूल्य १९०.३९ रुपैयाँ छ भने हिमालयन बैंकको किताबी मूल्य १७१.४४ रुपैयाँ छ।

वार्षिक प्रतिशेयर आम्दानीः वित्तीय विवरणको आधारमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७.७४ रुपैयाँ छ भने हिमालयन बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३.०८ रुपैयाँ छ।

खराब कर्जाः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खराब कर्जा ६.०६ प्रतिशत हुँदा हिमालयन बैंकको खराब कर्जा ७.६८ प्रतिशत छ।

(नोटः उपलब्ध तथ्यांकका आधारमा गरिएको विश्लेषण पूर्ण होइन। थप अनुसन्धान गरेर निर्णय लिनु होला। माथिको समाचार शेयर कारोबार प्रयोजनका लागि होइन।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS