IME Life New

नबिल र ग्लोबल आइएमईलाई विभिन्न १२ सूचकमा दाँजेर हेर्दा ? ( इन्फोग्राफिकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक र ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष२ ०८१।८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनःचुक्तापुँजीः नबिल बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड रहेको छ भने ग्लोबल आइएमई बैंकको चुक्तापुँजी ३८ अर्ब ११ करोड रहेको छ।
जगेडा कोषः नबिल बैंकको जगेडाकोषमा ३१ अर्ब ३१ करोड रहेको छ भने ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २४ अर्ब ४५ करोड रहेको छ।

रिटेन्ड अर्निङः नबिल बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ८७ करोड रहेको छ भने ग्लोबल आइएमई बैंकको रिटेन्ड अर्निङमा ३ अर्ब ५४ करोड रहेको छ।

Esewa
Crest

निक्षेप र कर्जाः नबिल बैंकले ५ खर्ब २ अर्ब निक्षेप संकलन गरी ४ खर्ब १ अर्ब कर्जा प्रवाह गरेको छ भने ग्लोबल आइएमई बैंकले ५ खर्ब १७ अर्ब निक्षेप संकलन गरी ४ खर्ब १३ अर्ब कर्जा प्रवाह गरेको छ।

खुद ब्याज आम्दानीः नबिल बैंकले १२ अर्ब ५ करोड खुद ब्याज आम्दानी गरेकोमा ग्लोबल आइएमई बैंकले १२ अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेको छ।

सञ्चालन नाफाः नबिल बैंकले ७ अर्ब ६२ करोड सञचालन नाफा गरेकोमा ग्लोबल आइएमई बैंकले ६ अर्ब ३३ करोड सञ्चालन नाफा गरेको छ।

खुद मुनाफाः नबिल बैंकले ५ अर्ब ५ करोड खुद नाफा गरेकोमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड खुद नाफा गरेको छ।

वितरणयोग्य नाफाः नबिल बैंकको २ अर्ब ८७ करोड वितरणयोग्य नाफा रहेकोमा ग्लोबल आइएमई बैंकले ३ अर्ब ५४ करोड वितरणयोग्य नाफा गरेको छ।

किताबी मूल्यः नबिल बैंकको किताबी मूल्य २२६.३६ रुपैयाँ छ भने ग्लोबल आइएमई बैंकको किताबी मूल्य १७३.४७ रुपैयाँ छ।

वार्षिक प्रतिशेयर आम्दानीः वित्तीय विवरणका आधारमा नबिल बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४.८९ रुपैयाँ छ भने ग्लोबल आइएमई बैंकको वार्षिक प्रतिशेयर आम्दानी १५.८६ रुपैयाँ छ।

खराब कर्जाः नबिल बैंकको खराब कर्जा ४.९६ प्रतिशत हुँदा ग्लोबल आइएमई बैंकको खराब कर्जा ४.९८ प्रतिशत छ।

(नोटः उपलब्ध तथ्यांकको आधारमा गरिएको विश्लेषण पूर्ण होइन। थप अनुसन्धान गरेर निर्णय लिनु होला। माथिको समाचार शेयर कारोबार प्रयोजनका लागि होइन।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS