IME Life New

‘रिलायबल समृद्धि योजना’को इकाइमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा नेपालको बीमा क्षेत्रमै पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ नामक म्युचुअल फन्डका इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

यस योजनाका १ अर्ब रुपैयाँको बिजपुँजीबराबरको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइमध्ये कोष प्रवद्र्धक रिलायबल नेपाल लाइफलाई १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ र १ प्रतिशतले हुन आउने १० लाख इकाइ योजना व्यवस्थापक रिलायबल क्यापिटललाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिएको छ।

Esewa
Crest

लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयर सफ्टवेयरमार्फत अनलाइन माध्यमबाट इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्।

रिलायबल समृद्धि योजना बन्दमुखी प्रकारको हो। यो १० वर्षे अवधिको योजना हो। यस योजनाका इकाइ बाँडफाँटपछि नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएपछि कारोबार गर्न मिल्छ।

यस योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाइको अंकित मूल्यका आधारमा मुनाफा वितरण गरिनेछ। खुद मुनाफाबाट लाभांश कट्टा गरी बाँकी रहेको रकम सञ्चित मुनाफा पुनः लगानीका लागि उपयोग गर्न सकिने सुविधा यस योजनामा दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS