IME Life New

आउँदो ४ वर्षमा जापानको बीमा बजार ४७० अर्ब डलरको हुने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आउँदो ४ वर्षमा जापानको बीमा बजार ४७० अर्ब डलरको पुग्ने अनुमान गरिएको छ।

ग्लोबल डाटाले अनुसार वार्षिक एकीकृत ३.९ प्रतिशतको वृद्धिले सन् २०२९ सम्म जापानको बीमा बजारको आकार त्यति हुने प्रक्षेपण गरेको हो। बढ्यो प्राकृति विपत्ति, र साइबर जोखिम तथा नियामकीय प्रावधानमा भएका परिवर्तन जापानको बीमा बजार बढ्ने अनुमान गरिएको छ।

Esewa
Crest

सन् जापानको कुल बीमा व्यापारमा जीवन बीमाको हिस्सा ७७.४ प्रतिशत र निर्जीवन बीमाको २२.६ प्रतिशत रहेको छ। जीवन र निर्जीवन बीमाको प्रिमियम बढ्दा पनि समग्र बीमा क्षेत्रको आकार बढ्ने ग्लोबल डाटाको प्रतिवेदनमा उल्लेख छ।

सन् २०२५ मा जापानमा जीवन बीमा क्षेत्रले ५.९ प्रतिशतको वृद्धि देख्ने अनुमान गरिएको छ। बढी उमेरका मानिसको जनसंख्या बढ्नु र जीवन बीमाको महत्व बढ्नुले यो वृद्धि हासिल हुने ग्लोबल डाटाको अनुमान छ।

सन् २०२४ को तथ्यांकअनुसार जापानमा ६५ वर्ष र सोभन्दा माथि उमेरका मानिसको जनसंख्या २९.३ प्रतिशत रहेको छ। यो जनसंख्या सन् २०४० सम्म ३४.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS